• TELEPHONE 82-560837
  • EMAIL ADDRESS sunitatrust2@gmail.com
  • ADDRESS Ghorahi, Dang

प्रगती प्रतिवेदन (आर्थिक वर्ष-०७८/०७९)

Please follow & like us :)

प्रगती प्रतिवेदन (आर्थिक वर्ष–०७८÷०७९)

१.संस्थाको परिचय ः

ग्रामीण महिला उत्थान केन्द्र (Rural Women Development Center-RWDC)  वि.स. २०५१ साल मंसीर २१ गते विधिवत रुपमा जिल्ला प्रशासन कार्यालय दाङमा दर्ता भएको हो । यसले विगत २७ वर्ष देखि महिला र बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको छ ।यस संस्थाको पूर्ब संचालक समिति सदस्य श्री सुनिता चौधरीको २०७० साल मंसीर २९ गते शनिवार बिहान १०ः०० बजे काठमाडौंको बाँसबारी स्थित न्यूरो अस्पतालमा उपचारको क्रममा असामयिक निधन भयो । स्व.सुनिता चौधरीेको ग्रामीण महिला उत्थान केन्द्रको माध्ययमबाट सामाजिक क्षेत्रमा काम गर्ने ठूलो इच्छा र चाहना थियो । तर त्यो चाहना पूरा गर्न नपाउँदै काखको ३ वर्षे नाबालक छोरालाई उपहार स्वरुप छाडेर उहाँ यस संसारबाट बिदा हुनु भयो । उहाँकै सम्झनामा.२०७६ साल मंसीर १३ गते काठमाण्डौको कम्पनी रजिष्टारको कार्यालयमा सुनिता ट्रष्ट फाउण्डेसनको दर्ता भयो । गरीब, बिपन्न, सीमान्तकृत र अभिभावक बिहिन बालबालिकाहरु जो पढ्न लेख्नबाट बञ्चित भएका छन, ति बालबालिकाहरुलाई सुनिता ट्रष्ट फाउण्डेसनले छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने योजना गरे बमोजिम घोराही उपमहानगरपालिका भित्रका ६ वटा सामुदायीक विद्यालयमा अध्ययनरत ७२ जना छात्रछात्राहरुलाई छात्रवृत्ति सेवा प्रदान गरेको छ । त्यसैगरि महिला तथा किशोर किशोरीहरुको प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम पनि संचालन गर्दै आएको छ । यस कार्यक्रम मार्फत सामुदायिक बिद्यालयमा अध्ययनरत १२ देखि ३५ वर्ष उमेर समुहका युवा विद्यार्थीहरुलाई थ्री जिरो (शुन्य गरीबी, शून्य बेरोजगारी र शुन्य कार्वन उत्सर्जन) क्लब गठन गरेर सीपमुलक तालीम प्रदान गर्ने लक्ष्य राखेको छ ।

२.परियोजनाको उेद्दश्य
१) सामुदायीक विद्यालयमा अध्ययनरत अभिभावक बिहिन, गरिब, जेहेन्दार सीमान्तकृत तथा विपन्न समुदायका बालबालिकाहरुलाई छात्रवृत्ति प्रदान गर्ने ।
२) गरीब, जेहेन्दार तथा अभिभावक बिहिन बालबालिकाहरुलाई सीपमुलक तालिम प्रदान गरि क्षमता विकास गर्ने ।
३) महिलाहरुको प्रजनन स्वास्थ्यबारे समुदायमा सचेतना फैलाउने ।
४) सामुदायीक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सहभागीतामा थ्री जिरो क्लब गठन गर्ने
५) स्व. सुनिता चौधरीको सम्झनामा उहाँलाई अमर राख्न अन्य धेरै सामाजिक काम गर्ने ।

३.परियोजनाद्धारा सञ्चालन भएका क्रियाकलापहरु ः

३.१ दोश्रो वार्षिक स्थापना दिवस तथा छात्रवृत्ति वितरण कार्यक्रम ः
मिति २०७८ साल मंसिर १३ गते सोमबारको दिन यस फाउण्डेसनको दोस्रो वार्षिक स्थापना दिवसको अवसरमा घोराही उपमहानगरपालिका स्थित माध्यमिक बिद्यालय काठेकोहल, माध्यमिक विद्यालय गोग्ली डाँडागाउँ र प्राथमीक विद्यालय सानीअम्बापुरमा अध्ययनरत अभिभावक बिहिन, गरीब तथा बिपन्न वर्गका ४३ जना छात्रछात्राहरुलाई छात्रवृत्ति बितरण गरिएको हो ।
फाउण्डेसनका संस्थापक अध्यक्ष श्री आसमानी चौधरीको अध्यक्षता तथा पद्मोदय पब्लिक नमुना उच्च माध्यमीक बिद्यालयका पूर्ब प्रधानाध्यापक श्री गोबिन्द न्यौपानेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

अभिभावक बिहिन, गरीब, जेहेन्दार तथा सीमान्तकृत बालबालिकाहरु पढ्न लेख्नबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्री गोबिन्द न्यौपानेले स्व.सुनिता चौधरीको आत्मालाई जिबन्त राख्न छात्रवृत्ति बितरण कार्यक्रमको सुरुवात भएको र यो कार्यक्रमले बिपन्न परिवारको भविष्य सुनिश्चित गराई उनीहरुको परिवारमा शिक्षाको ज्योती छरिदिने लक्ष्य लिएकोमा संस्थालाई धन्यबाद दिनु भयो । आजका हाम्रा बालबालिका भोलि देशका कर्णधार हुनेछन् त्यसैले त्यस्ता विद्यार्थीहरुलाई शिक्षाको खाँचो रहेको कुरा पनि बताउनु भयो । हरेक व्यक्तिलाई अगाडि बढ्नको लागि शिक्षाको आबश्यकता पर्दछ त्यसैले स्व.सुनिता चौधरीको संझनामा सुरुवात गरेको यस्तो सामाजिक कामप्रति आफु अत्यन्तै खुशी भएको कुरा समेत व्यक्त गर्नु भयो ।
त्यसैगरि सुनिता ट्रष्ट फाउण्डेसनका संथापक सल्लाहकार श्री सौगतबिर चौधरीले संस्था स्थापना काल देखि नै समाज परिबर्तन गरेर अगाडि बढ्ने भाबनाका साथ सामाजिक क्षेत्रमा काम गर्दा गर्दै देहान्त भएकी स्व.सुनिता चौधरीको संझनामा यो फाउण्डेसन स्थापना भएको कुरा व्यक्त गर्नु भयो । कुनै पनि बिपन्न परिवारका बालबालिकाहरु शिक्षा लिनबाट बञ्चित हुन नपरोस् भनेर छात्रवृत्ति कार्यक्रमलाई अगाडि बढाउँदै ल्याएको कुरा राख्नु भयो ।
कार्यक्रममा बोल्दै सरस्वती माध्यमीक विद्यालयका प्रधानाध्यापक श्री बसन्ता पौडेलले सामुदायिक बिद्यालयमा अध्ययनरत गरिब तथा असाहाय बालबालीकाहरु धेरै छन जो आर्थिक अभावका कारण पढ्ने अवसर पाएका छैनन । फाउण्डेशनले यी बालबालिकाहरुका लागि छात्रबृत्तिको ब्यबस्था गरिदिएकोमा विद्यालय परिवार अत्याधिक खुशी भएको कुरा व्यक्त गर्नु भयो ।त्यसैगरि सभाध्यक्ष श्री आसमानी चौधरीले अभिभाबक बिहिन ,गरिब तथा सीमान्तकृत बालबालिकाहरु शिक्षा लिनबाट बञ्चित हुन नपरोस् भनेर यो कार्यक्रमलाई अगाडी बढाउँदै ल्याइएको र आउँदा दिनहरुमा यस्ता परोपकारका धेरै कामहरु गर्ने कुरा राख्नु भयो । कार्यक्रममा बोल्दै उहाँले स्व.सुनिता चौधरीलाई अमर राख्न छात्रवृत्तिबाट यो कार्यक्रमको शुरुवात भएको र आउँदा दिनहरुमा छात्रवृत्तिमा मात्र सीमित नरहेर बिपन्न परिवारका युवा बर्गका विद्यार्थीहरुलाई सीपमूलक तालिमहरु दिई उनीहरुको क्षमता विकास गर्ने लक्ष्य रहेको समेत जानकारी गराउनु भयो ।
उक्त दिनको कार्यक्रममा प्रा.बि सानीअम्बापुरका प्रधानाध्यपक श्री तुलसा रावत फाउण्डेसनका आजीबन सदस्यहरु श्री रजनी श्रेष्ठ, श्री जिबसरा घर्ति, श्री शुशिला गिरि श्री नेपबहादुर चौधरी लगायतले आ आफ्नो भनाई राख्नु भएको थियो भने फाउण्डेसनका संस्थापक सदस्य श्री मीरा चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संस्थापक सदस्य श्री बसन्ता पुनले गर्नुभएको थियो ।

३.२ स्व.सुनिता चौधरीको आठौं स्मृति दिवस ः
सुनिता ट्रष्ट फाउण्डेसनको आयोजनामा २०७८ साल मंसिर २९ गते बुधबारको दिन स्व. सुनिता चौधरीको आठौं स्मृति दिवस सम्पन्न भयो । फाउण्डेसनका अध्यक्ष श्री आसमानी चौधरीको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । स्मृति दिबसमा बिभिन्न स्थानबाट पाल्नु भएका आदरणीय अतिथी ज्यूहरुबाट स्व.चौधरीको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो ।


आठौं स्मृत्ति दिवसमा बोल्दै ग्रामीण महिला उत्थान केन्द्र दाङका संस्थापक सल्लाहकार तथा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री सोगतवीर चौधरीले “समाजमा छिटो घुलमिल हुनसक्ने अलौकिक गुण भएकी स्व.सुनिता चौधरीको समाज परिवर्तन गर्ने एउटा चाहना थियो, जुन चाहनालाई पुरा गर्न हामीले ट्रष्टको स्थापना गरेर स्व.सुनिताले गरेका महत्वपूर्ण योगदानलाई अमर राख्नेछौं ”भन्ने कुरा राख्नु भयोे”त्यसैगरि कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी दाङका सभापती थम्मन चौधरीले स्वः सुनिता चौधरीेले संस्थालाई पु¥याएको उल्लेखनिय योगदानको स्मरण गराउनु भयो । मन्तब्यको क्रममा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष बसुन्धरा गौतमले “स्व.सुनिता चौधरी आज हामी माझ नभए पनि समाजमा राम्रो काम गर्नु भएको थियो, त्यसकारण स्व. सुनिता चौधरीलाई अबका दिनमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नु भन्दा हार्दिक शुभकामना दिनुपर्छ किन कि ट्रष्टको जन्म हुनु भनेको सुनिता चौधरीको पुर्नजन्म हुनु हो” ।कार्यक्रममा बोल्दै ट्रष्टका अध्यक्ष श्री आसमानी चौधरीले स्व.सुनिता चौधरी संस्था स्थापनाकाल देखि नै समाजमा “केहि गरौं र अगाडि बढौं” भन्दै सामाजिक कार्यमा उल्लेखनिय र उदाहरणिय योगदान पु¥याएको बताउनु भयो ।
त्यसैगरि सुनिता ट्रष्ट फाउण्डेसनको आजीवन सदस्यद्धय रजनी श्रेष्ठ र कुल्पु चौधरी साथै गोरक्ष राष्ट्रिय दैनिक पत्रिकाका प्रकाशक तथा सम्पादक सुलोचना गौतम, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लि.का नेपबहादुर चौधरी, जिबसरा घर्ती, ग्रामीण महिला उत्थान केन्द्रका भिमकान्त चौधरी, एच. बि. थापा, रुपा चौधरी, र मुक्त कमैया शिविरका सन्तोली चौधरीले स्व.सुनिता चौधरीको बारेमा मन्तब्य व्यक्त गर्नु भएको थियो । महिला र पुरुष गरि जम्मा ७३ जना सहभागिता रहेको उक्त कार्यक्रमको स्वागत मन्तव्य ग्रामीण महिला उत्थान केन्द्रका उपाध्यक्ष श्री मिना गिरीले गर्नु भएको थियो भने सहजीकरण सुचना अधिकारी श्री पार्वती बस्नेतले गर्नु भएको थियो ।

३.३ प्रथम र दोस्रो वार्षिक साधारण सभा
यस सुनिता ट्रष्ट फाउण्डेसनको आयोजनामा २०७८ साल पौष २४ गते शनिवारको दिन प्रथम र दोस्रो वार्षिक साधारण सभा सम्पन्न भयो । ट्रष्टका अध्यक्ष श्री आसमानी चौधरीको सभाध्यक्षता एवंं समाजसेवी तथा पत्रकार श्री नारायण विवश शर्माको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रममा बोल्ने सहभागी वक्ताहरुले सुनिता ट्रष्ट फाउण्डेसनको स्थापना भएको छोटो समयमा पनि संस्थाले शिक्षा क्षेत्रमा काम गर्दै आएको र आगामी दिनहरुमा यसको क्षेत्र अझ बढाउँदै लैजानु पर्ने कुरा राखेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नारायण विवश शर्माले “अत्यन्त जोखिमको अवस्थामा रहेका अभिभावक बिहिन, गरीब तथा सीमान्तकृत समुदायका बालबालिकाहरुको सहारा बन्न सकेमा उनीहरुको आर्शिवाद संस्थाका लागि जिवन्त रहने छ” भन्नेकुरा राख्नु भएको थियो । साथै उहाँले विद्यार्थीहरुको लागि संस्थाले शिक्षा क्षेत्रमा लगानी गर्नु राम्रो पक्ष हो भन्ने कुरा पनि राख्नु भयो ।


यसैगरि कार्यक्रममा बोल्दै सुनिता ट्रष्ट फाउण्डेसनका अध्यक्ष श्री आसमानी चौधरीले संस्थाको वार्षिक प्रगती प्रतिवेदन र आगामी दिनको लक्ष्य प्रस्तुत गर्नु भएको थियो ।
प्रस्तुत गरिएको लक्ष्य ः
 “युवाहरुलाई सीपमुलक तालीम प्रदान गर्ने ।
 सामुदायीक विद्यालयमा बाल क्लब गठन गर्ने ।
 समुदायका महिला तथा किशोरीहरुको प्रजनन स्वास्थ्य सम्बन्धी सचेतना फैलाउने ।
 महिलाहरुलाई सशक्त बनाई आत्मनिर्भर बनाउने ।
 समाज परिवर्तनका कार्यक्रमहरुलाई अगाडि बढाउने ।
साथै स्वः सुनिता चौधरीले संस्था र समाजको लागि महत्वपूर्ण योगदान गरेकोले उहाँलाई जिबन्त राख्नका लागि फाउण्डेसनको स्थापना भएको बताउनु भयो । समाजमा अभिभावक गुमाएका, विद्यालय जानबाट बञ्चित भएका बालबालिकाहरुको लागि शिक्षामा सहयोग गर्नेे कामलाई अगाडि बढाउदै लैजाने कुरा पनि व्यक्त गर्नु भयो ”।
ंट्रष्टका आजीवन सदस्य श्री रजनी श्रेष्ठले “यस सुनिता ट्रष्ट फाउण्डेसनमा आबद्व भएर हामीहरु परोपकारका कामहरु गर्न अगाडि बढेका छौं । समाजमा रहेका सीमान्तकृत, अभिभावक बिहिन, गरीब, र जेहेन्दार छात्र छात्राहरुलाई छात्रवृत्ति प्रदान गर्नु परोपकारी काम भएको र त्यस्ता छात्रछात्राहरुका लागि मनोपरामर्शको शिक्षा पनि आवश्यक रहेको बताउनु भयो । साथै सामुदायीक विद्यालयमा अध्ययनरत गरीब तथा विपन्न परिवारका छात्राहरु महिनावारी भएको समयमा कक्षा छोड्ने अवस्था नहोस भनेर मासिक रुपमा १०० वटा सेनेटरी प्याड” आफू दुई जना दम्पत्तीले उपलब्ध गराउने प्रतिबद्वता पनि व्यक्त गनुर्् भयो ।
त्यसैगरि नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष थम्मन चौधरी, ट्रष्टका आजीवन सदस्यहरु जिबसरा घर्ती, रोमाकान्त पन्त, नेप बहादुर चौधरी, साथै ग्रामीण महिला उत्थान केन्द्रका एच .बि थापा, मुक्त कमैया शिविरका सम्तोली चौधरी लगायतले शुभकामना मन्तब्य राख्नु भएको भएको थियो । महिला र पुरुष गरि जम्मा ४३ जनाको सहभागीता रहेको कार्यक्रमको स्वागत मन्तब्य ग्रामीण महिला उत्थान केन्द्रका सुचना अधिकारी पार्वती बस्नेतले गर्नु भयो भने सहजीकरण फाउण्डेसनका संस्थापक सदस्य बसन्ता पुनले गर्नु भएको थियो ।
३.४ प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखीकरण तथा प्याड बितरण
क“प्रजनन स्वास्थ्यको सुरक्षा सेनेटरी प्याडले गर्छ महिलाहरुको रक्षा” भन्ने मूल मन्त्रका साथ मिति २०७८ चैत्र १४ गते सोमवारका दिन घोराही उपमहानगरपालिका–४, डाँडागाउँ स्थित राजधानी टोलका महिला तथा किशोरीहरुको प्रजनन स्वास्थ्यमा सुधार ल्याउने र सचेतना फैलाउने उद्देश्यले प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखीकरण तथा सेनेटरी प्याड बितरण कार्यक्रम गरिएको हो ।

यस फाउण्डेसनको आयोजना र घोराही उपमहानगरपालिका–१५, सस्तो किराना पसलको प्रायोजनमा कार्यक्रमको आयोजना गरिएको हो । सुनिता ट्रष्ट फाउण्डेसनका संस्थापक अध्यक्ष श्री आसमानी चौधरीको सभाध्यक्षता तथा आजीवन सदस्य श्री रजनी श्रेष्ठकोे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्री रजनी श्रेष्ठले “हाम्रो प्रजनन स्वास्थ्यसंँग सरसफाई जोडिएको हुँदा त्यसलाई ध्यान दिन सकियो भने मात्र महिलाहरुको स्वास्थ्य राम्रो हुने, महिलाहरु महिनावारी भएको समयमा स्वास्थ्य समस्या देखिदा पनि रोग लुकाएर बस्ने, पुराना फोहोर कपडाहरु प्रयोग गर्नाले प्रजनन स्वास्थ्यमा नकारात्मक असर पर्ने भएकोले स्वस्थ रहनको लागि आफ्नो व्यक्तिगत व्यवहारमा पनि परिवर्तन गर्नु पर्ने बताउनु भयो ”।
राजधानी टोलका अध्यक्ष श्री बुझौना चौधरीले आफ्नो टोलमा आएर “महिलाहरुलाई स्वस्थ राख्नको लागि यो सन्देश मुलक कार्यक्रम गरेकोमा खुशी व्यक्त गर्नु भयो” ।
कार्यक्रममा टोलका सदस्य श्री सीता चौधरीले “सरकारले परिवार नियोजनका अस्थाई साधन निःशुल्क रुपमा बितरण गरे जस्तै महिलाहरु महिनावारी हुँदा यो सेनेटरी प्याड पनि निःशुल्क रुपमा बितरण गरे महिलाहरु स्वस्थ हुने बताउनु भयो ”।
त्यसैगरि कार्यक्रमका सभाध्यक्ष श्री आसमानी चौधरीले अगाडि भन्नु भयो “महिलाहरु महिनावारी भएको समयमा आफ्नो प्रजनन स्वास्थ्यमा ध्यान दिन जरुरी छ । हामी महिलाहरु स्वस्थ भयौ भने मात्र आर्थिक रुपमा अगाडि बढ्न सक्ने र महिनावारी भएको बेलामा सानो सानो कुरामा पनि ध्यान दिएनौ कभने भोलि गएर यसले भयानक रुप लिन सक्छ भन्दै महिलाहरुले घरकै प्याड प्रयोग गरे पनि सरसफाईमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो” । आगामी दिनहरुमा महिलाहरुको प्रजनन स्वास्थ्य सम्बन्धी सचेतना फैलाउने र यस्ता कामहरुलाई अगाडि बढाउदै लैजाने कुरा राख्नु भयो ।
सुनिता ट्रष्ट फाउण्डेसनका संस्थापक सदस्य श्री मिरा चौधरीले “महिलाहरुले आफ्नो प्रजनन स्वास्थ्यलाई स्वस्थ राख्न महिनावारीको समयमा सरसफाईमा विशेष ध्यान दिनु पर्ने बताउनु भयो” । ग्रामीण महिला उत्थान केन्द्रका सुचना अधिकारी पार्वती बस्नेतको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण फाउण्डेशनका कार्यक्रम सहजकर्ता श्री कमला शर्माले गर्नु भएको थियो । कार्यक्रममा महिला र पुरुष गरि जम्मा ४२ जनाको सहभागीता रहेको थियो ।

सेनेटरी प्याड बितरणको नामावली
१. यसोदा चौधरी                    घोराही उपमहानगर पालिका—४ डाँडागाउँ(राजधानी टोल) सेनेटरी प्याड
२. सानु चौधरी                       घोराही उपमहानगर पालिका—४ डाँडागाउँ(राजधानी टोल) सेनेटरी प्याड
३. शोभा चौधरी                      घोराही उपमहानगर पालिका—४ डाँडागाउँ(राजधानी टोल) सेनेटरी प्याड
४. शिखा चौधरी                     घोराही उपमहानगर पालिका—४ डाँडागाउँ(राजधानी टोल) सेनेटरी प्याड
५. भावना चौधरी                    घोराही उपमहानगर पालिका—४ डाँडागाउँ(राजधानी टोल) सेनेटरी प्याड
६. सिता चौधरी                      घोराही उपमहानगर पालिका—४ डाँडागाउँ(राजधानी टोल) सेनेटरी प्याड
७. रामकुमारी कार्की              घोराही उपमहानगर पालिका—४ डाँडागाउँ(राजधानी टोल) सेनेटरी प्याड
८. पार्बती घर्ती                        घोराही उपमहानगर पालिका—४ डाँडागाउँ(राजधानी टोल) सेनेटरी प्याड
९. आशा चौधरी                      घोराही उपमहानगर पालिका—४ डाँडागाउँ(राजधानी टोल) सेनेटरी प्याड
१०. रजनी चौधरी                    घोराही उपमहानगर पालिका—४ डाँडागाउँ(राजधानी टोल) सेनेटरी प्याड
११. सिता चौधरी                      घोराही उपमहानगर पालिका—४ डाँडागाउँ(राजधानी टोल) सेनेटरी प्याड
१२. बिमला बेलबासे                घोराही उपमहानगर पालिका—४ डाँडागाउँ(राजधानी टोल) सेनेटरी प्याड
१३. यसोदा बेलबासे                घोराही उपमहानगर पालिका—४ डाँडागाउँ(राजधानी टोल) सेनेटरी प्याड
१४. प्रभा घर्ति                         घोराही उपमहानगर पालिका—४ डाँडागाउँ(राजधानी टोल) सेनेटरी प्याड
१५. भुमा घर्ति                         घोराही उपमहानगर पालिका—४ डाँडागाउँ(राजधानी टोल) सेनेटरी प्याड
१६. शान्ता चौधरी                   घोराही उपमहानगर पालिका—४ डाँडागाउँ(राजधानी टोल) सेनेटरी प्याड
१७. बिमला घर्ति                     घोराही उपमहानगर पालिका—४ डाँडागाउँ(राजधानी टोल) सेनेटरी प्याड
१८. सुन्तली चौधरी                 घोराही उपमहानगर पालिका—४ डाँडागाउँ(राजधानी टोल) सेनेटरी प्याड
१९. पुष्पा नेपाली                    घोराही उपमहानगर पालिका—४ डाँडागाउँ(राजधानी टोल) सेनेटरी प्याड
२०. देबा चौधरी                     घोराही उपमहानगर पालिका—४ डाँडागाउँ(राजधानी टोल) सेनेटरी प्याड
२१. गिता चौधरी                     घोराही उपमहानगर पालिका—४ डाँडागाउँ(राजधानी टोल) सेनेटरी प्याड
२२ सन्तोषी चौधरी                  घोराही उपमहानगर पालिका—४ डाँडागाउँ(राजधानी टोल) सेनेटरी प्याड
२३ चमेली चौधरी                    घोराही उपमहानगर पालिका—४ डाँडागाउँ(राजधानी टोल) सेनेटरी प्याड
२४ बिनिता चौधरी                  घोराही उपमहानगर पालिका—४ डाँडागाउँ(राजधानी टोल) सेनेटरी प्याड
२५ मनिषा चौधरी                   घोराही उपमहानगर पालिका—४ डाँडागाउँ(राजधानी टोल) सेनेटरी प्याड
२६ यमुना रेग्मी                      घोराही उपमहानगर पालिका—४ डाँडागाउँ(राजधानी टोल) सेनेटरी प्याड
२७ गिता नेपाली                     घोराही उपमहानगर पालिका—४ डाँडागाउँ(राजधानी टोल) सेनेटरी प्याड
२८ फुलमानी चौधरी               घोराही उपमहानगर पालिका—४ डाँडागाउँ(राजधानी टोल) सेनेटरी प्याड
२९ आशा चौधरी                    घोराही उपमहानगर पालिका—४ डाँडागाउँ(राजधानी टोल) सेनेटरी प्याड
३० बिनिता चौधरी                  घोराही उपमहानगर पालिका—४ डाँडागाउँ(राजधानी टोल) सेनेटरी प्याड
३१ रितिका चौधरी                 घोराही उपमहानगर पालिका—४ डाँडागाउँ(राजधानी टोल) सेनेटरी प्याड
३२ शान्ति चौधरी                   घोराही उपमहानगर पालिका—४ डाँडागाउँ(राजधानी टोल) सेनेटरी प्याड
३३. प्रमीला चौधरी                 घोराही उपमहानगर पालिका—४ डाँडागाउँ(राजधानी टोल) सेनेटरी प्याड
३४ कमला चौधरी                  घोराही उपमहानगर पालिका—४ डाँडागाउँ(राजधानी टोल) सेनेटरी प्याड

३.५ प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखीकरण तथा प्याड बितरण ः
मिति २०७९ जेष्ठ ३१ गते मंगलवारका दिन घोराही उपमहानगरपालिका–१६, सानी अम्बापुर, स्थित मुक्त कमैया शिविरका महिला तथा किशोरीहरुको प्रजनन स्वास्थ्यमा सुधार ल्याउने र सचेतना फैलाउने उद्देश्यले प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखीकरण तथा सेनेटरी प्याड बितरण कार्यक्रम गरिएको हो । समाजसेवी तथा सुनिता ट्रष्ट फाउण्डेसनका आजीवन सदस्य श्री रजनी श्रेष्ठको सभाध्यक्षता तथा घोराही उपमहानगरपालिका–१६, का वडा अध्यक्ष श्री तारा बहादुर डाँगीको प्रमुख आतिथ्यता एवं फाउण्डेसनका संस्थापक सल्लाहकार श्री सोगतवीर चौधरीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सहभागी महिला तथा किशोरीहरुलाई प्रजनन स्वास्थ्यको बारेमा स्वास्थ्यकर्मी श्री सुष्मा पोखे्रलले महिलाहरुको यौन तथा प्रजनन स्वास्थ्यमा देखा पर्ने बिभिन्न समस्या र त्यसबाट बच्ने उपायका बारेमा प्रशिक्षण दिनु भयो ।
त्यसैगरि कार्यक्रममा सुनिता ट्रष्ट फाउण्डेसनका संस्थापक सल्लाहकार श्री सोगतवीर चौधरीले संस्थाको बारेमा प्रकाश पार्दै महिलाहरुले आफ्नो प्रजनन स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तारा बहादुर डाँगीले आफू र आफ्नो परिवारको स्वास्थ्यको बारेमा विशेष ध्यान दिनु पर्ने र प्रजनन स्वास्थ्यको वारेमा गाउँ, टोल र समाजमा सचेतना फैलाउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । फाउण्डेशनले गरेको कामको समेत प्रशंसा गर्नु भयो ।
वडा नं.–१६ का वडा सदस्य श्री बुद्धिराम चौधरीले आफू र आफ्नो परिवारको स्वास्थ्यको विशेष ध्यान दिने, समुदायमा सचेतना फैलाउने र सबैले व्यवहारमा लागू गर्ने आवश्यकता औल्याउनु भयो ।
कार्यक्रममा बोल्दै सभाध्यक्ष श्री रजनी श्रेष्ठले हामी महिलाहरु शारीरिक, मानसिक स्वास्थ्य सँगै प्रजनन स्वास्थ्यमा पनि विशेष ध्यान दिनु पर्नेमा जोड दिनु भयो ।महिला र पुरुष गरि जम्मा ४३ जनाको सहभागीता रहेको कार्यक्रम ग्रामीण महिला उत्थान केन्द्रका लेखा अधिकृत श्री सञ्च बहादुर चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको थियो भने सहजीकरण फाउण्डेशनका कार्यक्रम सहजकर्ता श्री कमला शर्माले गर्नु भएको थियो ।

सेनेटरी प्याड बितरण विवरण ः
क्र.सं. नामथर ठेगाना कैफियत
१. सम्तोली चौधरी          घोराही उ.म.न.पा—१६ सानिअम्बापुर(मुक्त कमैया सिबिर) सेनेटरी प्याड
२. अतरामी चौधरी          घोराही उ.म.न.पा—१६ सानिअम्बापुर(मुक्त कमैया सिबिर) सेनेटरी प्याड
३. देबका थापा                घोराही उ.म.न.पा—१६ सानिअम्बापुर(मुक्त कमैया सिबिर) सेनेटरी प्याड
४. सबिता चौधरी             घोराही उ.म.न.पा—१६ सानिअम्बापुर(मुक्त कमैया सिबिर) सेनेटरी प्याड
५. सुधा गिरि                   घोराही उ.म.न.पा—१६ सानिअम्बापुर(मुक्त कमैया सिबिर) सेनेटरी प्याड
६. वर्षा पुन                      घोराही उ.म.न.पा—१६ सानिअम्बापुर(मुक्त कमैया सिबिर) सेनेटरी प्याड
७. चामी चौधरी               घोराही उ.म.न.पा—१६ सानिअम्बापुर(मुक्त कमैया सिबिर) सेनेटरी प्याड
८. पूर्णिमा चौधरी             घोराही उ.म.न.पा—१६ सानिअम्बापुर(मुक्त कमैया सिबिर) सेनेटरी प्याड
९. सिता चौधरी                घोराही उ.म.न.पा—१६ सानिअम्बापुर(मुक्त कमैया सिबिर) सेनेटरी प्याड
१०. चञ्चली चौधरी            घोराही उ.म.न.पा—१६ सानिअम्बापुर(मुक्त कमैया सिबिर) सेनेटरी प्याड
११. चन्द«कला चौधरी      घोराही उ.म.न.पा—१६ सानिअम्बापुर(मुक्त कमैया सिबिर) सेनेटरी प्याड
१२. माया चौधरी               घोराही उ.म.न.पा—१६ सानिअम्बापुर(मुक्त कमैया सिबिर) सेनेटरी प्याड
१३. निरुता चौधरी             घोराही उ.म.न.पा—१६ सानिअम्बापुर(मुक्त कमैया सिबिर) सेनेटरी प्याड
१४. बिष्णु के.सी.               घोराही उ.म.न.पा—१६ सानिअम्बापुर(मुक्त कमैया सिबिर) सेनेटरी प्याड
१५. बिमला चौधरी            घोराही उ.म.न.पा—१६ सानिअम्बापुर(मुक्त कमैया सिबिर) सेनेटरी प्याड
१६. मञ्जु चौधरी               घोराही उ.म.न.पा—१६ सानिअम्बापुर(मुक्त कमैया सिबिर) सेनेटरी प्याड
१७. पुनम चोधरी               घोराही उ.म.न.पा—१६ सानिअम्बापुर(मुक्त कमैया सिबिर) सेनेटरी प्याड
१८ अस्कुमारी                   चौधरी घोराही उ.म.न.पा—१६ सानिअम्बापुर(मुक्त कमैया सिबिर) सेनेटरी प्याड
१९ सुमीत्रा चौधरी              घोराही उ.म.न.पा—१६ सानिअम्बापुर(मुक्त कमैया सिबिर) सेनेटरी प्याड
२०. अञ्जली चौधरी            घोराही उ.म.न.पा—१६ सानिअम्बापुर(मुक्त कमैया सिबिर) सेनेटरी प्याड
२१. मुन्नी चौधरी                 घोराही उ.म.न.पा—१६ सानिअम्बापुर(मुक्त कमैया सिबिर) सेनेटरी प्याड
२२ स्यानी चौधरी               घोराही उ.म.न.पा—१६ सानिअम्बापुर(मुक्त कमैया सिबिर) सेनेटरी प्याड
२३ अत्रामी चौधरी             घोराही उ.म.न.पा—१६ सानिअम्बापुर(मुक्त कमैया सिबिर) सेनेटरी प्याड
२४ भागमति चौधरी           घोराही उ.म.न.पा—१६ सानिअम्बापुर(मुक्त कमैया सिबिर) सेनेटरी प्याड
२५ प्रमिला चौधरी              घोराही उ.म.न.पा—१६ सानिअम्बापुर(मुक्त कमैया सिबिर) सेनेटरी प्याड
२६ धनमाया रानामगर       घोराही उ.म.न.पा—१६ सानिअम्बापुर(मुक्त कमैया सिबिर) सेनेटरी प्याड
२७ बबिता चौधरी              घोराही उ.म.न.पा—१६ सानिअम्बापुर(मुक्त कमैया सिबिर) सेनेटरी प्याड
२८ निरा चौधरी                  घोराही उ.म.न.पा—१६ सानिअम्बापुर(मुक्त कमैया सिबिर) सेनेटरी प्याड
२९ स्नेहा चौधरी                  घोराही उ.म.न.पा—१६ सानिअम्बापुर(मुक्त कमैया सिबिर) सेनेटरी प्याड
३० सृजना थापा                  घोराही उ.म.न.पा—१६ सानिअम्बापुर(मुक्त कमैया सिबिर) सेनेटरी प्याड
३१ पिउमा के.सी.              घोराही उ.म.न.पा—१६ सानिअम्बापुर(मुक्त कमैया सिबिर) सेनेटरी प्याड
३२ गिता बुढामगर             घोराही उ.म.न.पा—१६ सानिअम्बापुर(मुक्त कमैया सिबिर) सेनेटरी प्याड
३३ प्रतिभा चौधरी              घोराही उ.म.न.पा—१६ सानिअम्बापुर(मुक्त कमैया सिबिर) सेनेटरी प्याड
३४ कबिता थापा                घोराही उ.म.न.पा—१६ सानिअम्बापुर(मुक्त कमैया सिबिर) सेनेटरी प्याड
३५ सुनिता चौधरी              घोराही उ.म.न.पा—१६ सानिअम्बापुर(मुक्त कमैया सिबिर) सेनेटरी प्याड
३६ शर्मिला चौधरी             घोराही उ.म.न.पा—१६ सानिअम्बापुर(मुक्त कमैया सिबिर) सेनेटरी प्याड
३७ प्रमिला चौधरी             घोराही उ.म.न.पा—१६ सानिअम्बापुर(मुक्त कमैया सिबिर) सेनेटरी प्याड

३.६ छात्राबृति बितरण कार्यक्रम
सुनिता ट्रष्ट फाउण्डेसनको आयोजनामा मिति २०७९ साल आषाढ २४ गते शुक्रवारका दिन सामुदायिक विद्यालयमा अध्ययनरत, सीमान्कृत, अभिभावक बिहिन, गरिब तथा बिपन्न वर्गका छात्र छात्राहरु पढ्न लेख्नबाट बञ्चित हुन नपरोस भन्ने उद्देश्यले छात्रवृत्ति कार्यक्रमको आयोजना गरिएको हो । यसै सन्दर्भमा घोराही उपमहानगरपालिका स्थित माध्यमिक विद्यालय रझेना, रात्री प्राथमीक विद्यालय पलाँसे, पद्मोदय पब्लिक माध्यमीक विद्यालय भरतपुर र माध्यमीक विद्यालय गोग्ली डाँडागाउँका २९ जना छात्र छात्राहरुलाई छात्रवृत्ति वितरण गरिएको हो ।
फाउण्डेसनका संस्थापक अध्यक्ष श्री आसमानी चौधरीको सभाध्यक्षता तथा घोराही उपमहानगर पालिका—१५ का वडा अध्यक्ष श्री रमेश कुमार पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भयो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले “कुनै पनि व्यक्तिको महत्वपूर्ण कुरा भनेको नैतिक शिक्षा हो, शिक्षा आर्जन संगसंगै हामी नैतिकवान बन्न जरुरी छ । बिपन्न परिवारका बालबालिकाहरु पढाईमा जेहेन्दार हुँदाहुँदै पनि पढ्न लेख्नबाट बञ्चित हुन नपरोस भनेर यो फाउण्डेसनले गरेको सामाजिक कामले शिक्षामा पहुँच बढाउन ठूलो योगदान दिएको बताउनु भयो । साथै समाजमा समृद्दी ल्याउन सबैको साेंच सकारात्मक हुन जरुरी छ । छात्रवृत्ति बितरणमा सबैको साथ सहयोग र हौंसला आवश्यक रहेको बताउनु भयो ”। फाउण्डेशनका संस्थापक सल्लाहकार श्री सोगतवीर चौधरीले “सीमान्कृत,अभिभावक बिहिन, गरीब तथा बिपन्न वर्गका छात्र छात्राहरुलाई प्रदान गरिने यस छात्रवृत्तिले बालबालिकाहरुको उज्जवल भविष्य निर्माण सँगै समुदायमा शिक्षामा सहयोग गर्ने कोहि छैनन् भन्नेहरुका लागी समेत फाउण्डेसनले अभिभावकको भुमिका खेल्ने बताउनु भयो” ।
त्यसैगरि रात्री प्रा.बि. पलाँसेका प्रधानाध्यापक श्री चाम बहादुर बि.क ले “सरकारको नीतिमा उल्लेख भए बमोजिम बिद्यालयमा बिपन्न बर्गका बालबालिकाहरुलाई कुनै सेवा सुबिधा नभएको गुनासो गर्दै प्रा.बि.तहको शिक्षा निःशुल्क गरि दिन सबै नागरिक समाज संस्थाहरुलाई कार्यक्रम मार्फत अनुरोध गर्नु भयो । साथै शिक्षा क्षेत्रमा भएको प्रतिस्पर्धा र राजनीतिकरणले गर्दा गरीब तथा बिपन्न बर्गका बालबालिकाहरु चपेटामा परेको भन्दै राम्रो शिक्षा प्रदान गर्नु सबै अभिभावक तथा शिक्षकहरुको भूमिका आवश्यक रहेको” बताउनु भयो ।कार्यक्रममा माध्यमिक विद्यालय रझेनाका शिक्षक श्री मदन खनालले “विद्यार्थीहरुलाई दिईने शिक्षाका साथसाथै विद्यालयका कक्षा कोठा, शौचालय र विद्यालय वरिपरि सरसफाई राख्नु पनि महत्वपूर्ण शिक्षा हो । यसमा शिक्षक र विद्यार्थी दुबैको महत्वपूर्ण भूमीका हुने कुरा बताउनु भयो”ड ।
त्यसैगरि सभाध्यक्ष श्री आसमानी चौधरीले “विद्यालय शिक्षा संगै महिलाहरुको प्रजनन स्वास्थ्य पनि जोडिएको हुदा फाउण्डेसनबाट अभिभावक बिहिन, गरिब तथा बिपन्न परिवारका बालबालिकाहरुका लागि छात्रवृत्ति प्रदान संगै उनीहरुको परिवारलाई सक्षम तथा आत्मनिर्भर बनाउने उद्देश्य रहेको बताउनु भयो । साथै बिपन्न परिवारका बालबालिकाहरु औपचारिक शिक्षा लिनबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्य अनुरुप नै कार्यक्रमलाई दीर्घकालिन रुपमा लैजाने र आउँदा दिनहरुमा बालबालिकाहरुको छात्रवृत्तिमा मात्र सीमित नरहेर अन्य सामाजिक कामहरु पनि गर्दै जाने कुरा व्यक्त गर्नुभयो” ।
कार्यक्रममा फाउण्डेसनका आजीवन सदस्य श्री रजनी श्रेष्ठ, श्री जिबसरा घर्ती, श्री शुशिला गिरी, ग्रामीण महिला उत्थान केन्द्र दागंका श्री एच.बि.थापा, मुक्त कमैया शिबिरका श्री सन्तोली चौधरी लगायतले आ– आफ्नो भनाई राख्नु भएको थियो भने कार्यक्रमको सहजीकरण ग्रामीण महिला उत्थान केन्द्रका सुचना अधिकारी श्री पार्बती बस्नेतले गर्नुभएको थियो ।

३.७ विद्यार्थी, शिक्षक तथा अभिभाबक सँग भेटघाट
मिति २०७९ जेठ १६ गतेका दिन घोराही उपमहानगरपालिका–१६,स्थित सानी अम्बापुरमा छात्रवृत्ति प्राप्त गरेका विद्यार्थी, शिक्षक र अभिभावकहरुसंग भेटघाट कार्यक्रम गरियो । भेटघाटको क्रममा विद्यार्थीहरुको पढाइर्, लेखाई र नतिजाको वारेमा छलफल भयो । छलफलमा छात्रवृत्ति पाएका १० जना विद्यार्थी मध्ये ८ जना उत्तीर्ण भएका र २ जनाले विद्यालय छोडेको पाईयो । ती मध्ये कक्षा ४ मा अध्ययन गर्ने दुर्गे बि.क.ले २०७८ को वार्षिक परीक्षामा पुर्णाङ्क ६०० मा ४५६ अंक प्राप्त गरि कक्षामा प्रथम स्थान हासिल गर्न सफल भएका छन् । यसअघि उत्तिर्ण मात्रै हुने दुर्गे छात्रबृत्ति पाएर पहिलोपटक कक्षामा प्रथम स्थान हासिल गरेकोमा उनकी आमा चामी बि.क अत्यन्त हर्षित हुनुभयो ।
त्यसैगरि २०७९÷०२÷१३ गतेका दिन घोराही उपमहानगरपालिका–४ स्थित गोग्ली डाँडागाउँमा छात्रवृत्ति प्राप्त गरेका विद्यार्थी, शिक्षक र अभिभावकहरुसंग भेटघाट कार्यक्रम गरियो । कार्यक्रममा विद्यार्थीहरुको पढाइर्, लेखाई र नतिजाको वारेमा छलफल भयो । अध्ययनरत छात्रवृत्ति पाएका १९ जना छात्रछात्राहरुसंग भेटघाट गरि उनीहरुको पढाई लेखाई र परीक्षाको नतिजाको बारेमा शिक्षकहरुसंग छलफल गरियो । छलफलमा छात्रवृत्ति पाएका १९ जना विद्यार्थी मध्ये १६ जना उत्तीर्ण, २ जना विषय लागेका र १ जनाले विद्यालय छोडेको पाईयो । सफल र असफल भएका विद्यार्थीको घरमा पुगी उनीहरुको अभिभाबकसंग आफ्ना बच्चाको आनीबानी र विषय लाग्नुको कारण वारे पनि सोधपुछ गरियो ।
भेटघाटकै क्रममा २०७९ साल जेठ १९ गतेका दिन घोराही उपमहानगरपालिका–१५ स्थित माध्यामिक विद्यालय काठेकोहलमा छात्रवृत्ति प्राप्त गरेका विद्यार्थी, शिक्षक र अभिभावकहरुसंग भेटघाट कार्यक्रम गरियो । कार्यक्रममा विद्यार्थीहरुको पढाइर्, लेखाई र नतिजाको वारेमा छलफल भयो । छलफलमा छात्रवृत्ति पाएका १४ जना विद्यार्थी मध्ये १३ जना उत्तीर्ण, १ जनालाई विषय लागेको पाईयो । उत्तीर्ण भएका १३ जना मध्ये २ जनाले विद्यालय छोडेको र २ जनाले प्रथम स्थान हासिल गरेका छन ।

३.१० कार्यक्रमका सिकाईहरु
 छात्रवृत्ति कार्यक्रमका लागी प्र.अ संग मात्र नभएर कक्षा शिक्षकसंग पनि छलफल गरि नामावलि ल्याउनुपर्ने ।
 साना बिद्यार्थीहरुले छात्राबृत्तिको उद्धेश्य बुझाउन समस्या भएकोले प्रा.बि. देखि माथिका विद्यार्थीलाई मात्र छात्रवृत्ति वितरण गर्नुपर्ने ।
 छात्राबृतिको लागि बिद्यालय छनौट गर्दा एउटै कार्यक्रम अन्य संस्थाले पनि गरेनगरेको बझनुपर्ने ।

सुनिता ट्रष्ट फाउण्डेसनबाट छात्रवृत्ति पाइसकेपछि सफलता हासिल गरेकि काजल ः
रोल्पा जिल्ला घर भएका काजल पुनमगरको परिवार अहिले घोराही उपमहानगरपालीका १५ स्वर्गद्धारी एफ.एम. रोड बस्दै आउनुभएको छ । काजलको परिवारमा अहिले ३ जनाको सदस्य हुनुहुन्छ । काजल,उनको एउटा भाई र उनको आमा यमकुमारी पुनमगर । यमकुमारी आजभन्दा करिब ९ वर्ष अगाडी छोराछोरीलाई राम्रो र ठुलो स्कुलमा पढाउने उद्देश्य लिएर रोल्पा जिल्लाबाट बसाई सरेर दाङ जिल्लाको जन्द«ागाउँमा आफन्तको नजिकै घरभाडामा बस्दै आउनुभएको थियो । श्रीमान् र घरपरिवारबाट अपहेलित भएकी यमकुमा र जग्गा जमीन पनि केहि नभएका कारण केहि समय अरुकोे काम गरेर छोराछोरीलाई जन्द«ागाउँको स्कुलमा भर्ना गरिदिनुभयो । आमाको दुः ख र मेहेनत देखेर छोराछोरीले पनि पढ्नमा चासो राख्ने र फजुल खर्च कम गर्ने स्वभावक भए । २९ वर्षिय यमकुमारीले अरुको काम गर्दा गर्दै सिलाइ कटाइ पनि सिक्दै आउनु भयो । दुःख र गरिबिमा हुर्केका छोराछोरी पनि विषय नलागी पास हुँदै गए । यमकुमारीले सिलाई सिकेर सबै कपडा सिलाउन सक्ने हुनुभयो । छोराछोरीको पनि बिस्तारै कक्षा बढ्दै गयो । छोराछोरीलाई राम्रो स्कुलमा पढाएर शिक्षीत बनाउने उद्देश्य बोकेर हिंडेकि यमकुमारी फेरि जन्द«ागाउँबाट बसाई सरेर घोराही उपमहानगरपालीका १५ स्वर्गद्धारी एफ.एम. रोडमा एउटा कोठा भाडामा लिएर बस्दै आउनुभएको छ । छोराछोरीलाई बोडिङमा पढाउने इच्छा चाहाना त थियो तर के गर्ने भाग्गेले ठगेपछि सबै इच्छा चाहाना हराउँदै गयो र सामुदायीक विद्यालयमा पढाउन बाध्य भएर घो.उ.म.न.पा.भित्र पर्ने श्री सरस्वती मा.बि काठेकोहलमा छोरालाई ३ कक्षामा र छोरीलाई ५ कक्षामा भर्ना गरिदिएको यमकुमारीले बताउनुहुन्छ । अरुको काम गर्दागर्दै सिलाई सिकेकी यमकुमारी घोराही आइसकेपछि काम खोज्दै हिंड्दा गार्मेन्टमा कपडा सिलाउने अबसर पाउनुभयो । त्यसबाट आएको रकमले आफुहरु ३ जनाको परिवार पाल्लिने र कोठाभाडा तिर्न नपुग्ने भयो त्यसपछि घोराही —१५ तुल्सीपुर चोकमा रहेको राज टेलरमा कपडा सिलाउने अबसर मिल्यो । सुरुमा मेरो पारिश्रमीक थोरै थियो तर मैले कपडा सिलाउँदै जाँदा ग्राहकबाट कुनै पनि कमी कमजोरी नआएपछि मेरो पारिश्रमीकमा पनि हेरफेर भएर मैले साेंचेजति भयो । म अहिले जेन्सको पाइन्ट मात्र सिलाउँछु ,एउटा पाइन्ट सिलाको साहुले २१५ दिनुभएको छ ,एक दिनमा ५,६ वटा पाइन्ट सिलाउँछु यसबाट सबै खर्च चलाएर मासिक १० हजार बचाउँछु । गरे के हुँदैन ,जस्तो सुकै बाधा ब्यबधान आइपरेपनि संघर्ष गर्नुपर्छ तबमात्र अगाडी बढिन्छ भनेर यमकुमारी आफ्नो कामप्रति धेरै खुशी हुनुहुन्छ ।
्,श्रीमान्को त कुनै आशा भरोसा छैन । मैले गरेको दुः ख र मेहेनत देखेर छोराछोरीले धेरै सहानुभति दिन्छन, गएको मंसिरमा सुनिता ट्रष्ट फाउण्डेसनबाट छोरीले छात्रवृत्ति पाएपछि खुशीले मेरा आँसु रोकिएनन्, हामीजस्तो असाहाय र साहाराबिनलाई पनि भगवान भेटिदो रहेछ भन्ने महशुश भयो । सधैभरि २०,३० रुपैया लगेर एउटा कापी र कलम किनेर निर्बाह गरेका छोराछोरी आज दर्जनौ कापी र कलम देखेर छोराछोरी मात्र होइन म पनि धेरै खुशी भएँ । छात्रवृत्ति पाउनुभन्दा पहिला लेख्न र पढ्न धेरै मन नगर्ने,कहिले कापी छैन त कहिले कलम छैन भनेर बाहाना गरि स्कुल नजाने छोराछोरी कापी कलम पाइसकेपछि, नियमीत स्कुल जाने, नियमीत गृहकार्य गर्ने र घरमा पनि ध्यान दिएर पढ्न थाले जस्को फलस्वरुप आज उपलब्धी धेरै देखियो ।मेरो छोरी काजल अहिले सम्म पास मात्र भएको थिइन् छात्रवृत्ति पाइसकेपछि कक्षा ७ मा ८९ % लिएर कक्षा प्रथम स्थान हासिल गर्न सफल भइन् । छोरीको सफलता देखेर मैले पाएको दुख र श्रीमान्ले गरेको अपमान सबै बिर्सेको छु । हामीजस्तो व्यक्तिलाई शैक्षीक सामाग्री दिएर सहयोग गर्नु भनेको धेरै पुण्य कमाउनु हो भन्दै जिबनमा खुशी भएको दिन त्यो थियो कि जुन दिन छोरी कक्षामा प्रथम श्रेणीमा सफल भएपछि विद्यालयका शिक्षक शिक्षीकाले रातो टिका र अबिर निधारभरि लगाइदिएर हामीलाई खुशी दिएको दिन ।
मैले धेरै संघर्ष गरेर छोराछोरीलाई पढाए जनतन पास मात्र हुन्थे तर अहिले कक्षाका सबैलाई उछिन्दै छोरी कक्षा प्रथम भइन,अब उनको कक्षा ८ मा केहि पनि तिर्नुपर्दैन यसले गर्दा अब छोरीलाई झन् पढ्ने हौंसला मिलेको छ,। छात्रवृत्ति पाइसकेपछि उनले सफलता प्राप्त गरिन् यो हाम्रो लागी धेरै खुशीको दिन हो । काजलको आमाले भन्नुभयो ।

३.१२ कार्यक्रमका फोटोहरु

Please follow & like us :)


© Sunita Trust Foundation. All Rights Reserved.
Total Website Visitors : 4637