• TELEPHONE 82-560837
  • EMAIL ADDRESS sunitatrust2@gmail.com
  • ADDRESS Ghorahi, Dang

महिनावारी कप बितरण कार्यक्रम

Please follow & like us :)

November 4.2022 Dang सुनिता ट्रष्ट फाउण्डेसनको आयोजना तथा सीपी नेपाल (Creating Possibility-Nepal) को समन्वयमा त्रिबेणी गाँउपालिका १ काभ्रा सल्यानका ५० जना महिलाहरुलाई प्रजनन स्वास्थ्य संबन्धि अभिमुखिकरण तथा महिनावारी कप बितरण कार्यकम २०७९ कार्तिक १६ गते सम्पन्न भयो ।

दुर्गा भवानी सामाजिक उद्यमी महिला सहकारी संस्था लि. का अध्यक्ष श्री भोजकुमारी बुढाथोकीको सभाअध्यक्षता तथा स्वास्थ्य शाखाका कर्मचारी उमा बस्नेतको आतिथ्यमा महिनावारी कप प्रयोग गर्ने तरिका , प्रयोग गर्दाको फाइदा र यसको महत्वबारे छलफल गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष श्री भोजकुमारी बुढाथोकीले महिलाहरुको प्रजनन अंगहरु एकदमै संबेदनशिल भएकोेले आफनो प्रजनन अंगको सुरक्षा गर्न जरुरी रहेको बताउदै महिनावारीको समयमा प्रयोग गरिने कपडाको प्याड भन्दा महिनावारी कप अझ भरपर्दो र सुरक्षा दिने भएकोले सबै महिला दिदि बहिनीहरुलाई महिनावारी कप प्रयोग गर्न सुझाव दिनुभएको थियो ।

कपडाको टालो र महिनावारी प्याड खर्जिलो तथा झन्झटिलो हुने तर महिनावारी कप बर्षौं सम्म पनि टिकाउ हुने हुदा आर्थिक रकमको पनि बचत हुने बताउदै कप उपलब्ध गर्ने संस्था सिपि नेपाल र ग्रामीण महिला उत्थान केन्द्रलाई धन्यबाद दिनुभएको थियो । त्यसैगरि संस्थाका सुचना अधिकारी पार्बती बस्नेतले दुर्गा भवानी सामाजिक उद्यमी महिला सहकारीको कारोबारलाई ब्यवस्थित तरीकाले अगाडी बढाउन सबै शेयर सदस्यहरु सक्रिय भएर लाग्नुपर्ने र सहकारीको आम्दानी तथा खर्च दुरुस्त राख्न सल्लाह दिनुुभएको थियो ।

सुनता ट्रष्ट फाउण्डेसनका सहजकर्ता कमला शर्माले सुनिता ट्रष्ट फाउण्डेसनको स्थापनाबारे प्रकाश पार्दै महिनावरी कप प्रयोग गर्ने तरिका र यसको फाइदाबारे सहभागीहरुलाई पत्यक्षरुपमा सहजीकरण गर्नुभएको थियो । कप प्रयोग अर्नु अगाडी उमालेको पानीले सफा गर्ने, साबुन पानीले हात धुने र आफनो प्रजनन अंग सफा राख्ने बारे सहजीकरण गर्दै पाठेघरको सामान्य समस्या थाहा हुने, पैसाको बचत, बर्षौ टिकाउ हुने , दुर्गन्ध रहित, आरामदायी र भरपर्दो हुने जस्ता फाइदाबारे जानकारी दिनुभएको थियो ।

त्यसैगरि कर्मचारी शिबा चौधरीले ग्रामीण महिला उत्थान केन्द्रले महिला, बालबालिका, लैङ्गिक विभेदिकरण, सीमान्कृत र विपन्न समुदायहरुको उत्थानका लागि पैरवी गर्नुका साथै यस संस्थाले जिल्ला जनस्वास्थ्य कार्यालय, नेपाल परिवार नियोजन संघ दाङ शाखा र सिपी नेपाल ऋचभबतष्लन एयकष्दष्ष्तिथ ल्भउब िसंग समन्वय गरि महिलाहरुको प्रजनन स्वास्थ्य संबन्धि अभिमुखिकरण, शिबिर संचालन र महिनावारी कप तथा प्याड बितरण कार्यक्रम संचालन गर्दै आएको बताउनु भएको थियो । संस्था द्धारा संचालन हुने यी स्वास्थ्य संबन्धि कार्यक्रमले बिशेष गरेर महिलाहरुको प्रजनन अंग सुरक्षित हुने र यौन सम्बन्धि रोगबारे महिलाहरु सचेत भएको बताउनु भएको थियो ।


कार्यक्रमका सहभागीहरुले प्रजनन स्वास्थ्य संबन्धि आफुलाई आइपरेको समस्या र महिनावारी कप प्रयोग गर्ने तरिकाको बारेमा आ आफनो जिज्ञासा राख्नुभएको थियो । कार्यक्रममा ग्रामीण महिला उत्थान केन्द्रका कर्मचारीहरु , स्वास्थ्य केन्द्रका कर्मचारी, र दुर्गा भवानी सामाजिक उद्यमी महिला सहकारी संस्थाका शेयर सदस्यहरु गरि ५४ जना महिलाहरुको सहभागीता रहेको थियो ।

कार्यक्रमको संचालन संस्थाका सुचना अधिकारी पार्बती बस्नेतले गर्नु भएको थियो ।

 

Please follow & like us :)


© Sunita Trust Foundation. All Rights Reserved.
Total Website Visitors : 3631