• TELEPHONE 82-560837
  • EMAIL ADDRESS sunitatrust2@gmail.com
  • ADDRESS Ghorahi, Dang

उद्यमी बन्दै क्लबका सदस्य शर्मिला चौधरी

Please follow & like us :)

April 21, 2023: सर्मिला चौधरी घोराही उपमहानगरपालिका १६ मुक्त कमैया शिबिर निबासी बुवा कप्तान चौधरी र आमा छुकन्या चौधरीको छोरी हुन । हाल उनि २० बर्षकी भइन ।

१२ कक्षामा अध्यन गर्दागर्दै आर्थिक अभावका कारण पढाइ छोड्न परेको सर्मिला अहिले सिलाई कटाई ब्यवसाय गर्दै आएकी छन । पढाइको लागी क्याम्पसमा शुल्क तिर्ने पैसा नभएपछि अगाडीको पढाइ पुरा गर्न सकिनन ।

शर्मिलाको घरको आर्थिक स्थिति एकदमै कमजोर भएकोले साँझ बिहानको छाक टार्न पनि समस्या थियो । त्यसैले पढाइ छोडेर घरमा बस्न पनि शर्मिलालाई समस्या नै थियो ।

घरमा आम्दानीको स्रोत केहि नहुदा प्राय भाउजुले भन्ने गर्नुहुन्थ्यो “घरमा राख्नु भन्दा बिबाह गरिदिए एक जना सदस्यले खाने खर्च बच्थ्यो,, । भाउजुले भनेका यस्ता कुराले शर्मिलालाई सधै दुःखि बनाउने गर्दथ्यो । यसरी बेरोजगार बस्नुभन्दा केहि गर्नुपर्छ भन्ने सोच बनाई गाँउघरतिर घर बनाउने काममा लेबर गर्न थालिन ।

लेबर काम गरेर दिनमा रु. ५००। सय आम्दानाी हुन थाल्यो । आफुले कमाएको रकम केहि घरखर्च चलाउनमा प्रयोग गरिन भने बाँकी रकम आत्मनिर्भर लघुबित्त बित्तिय संस्थाले गठन गरेको समुहमा जमा गर्न थालिन ।

लेबर काम गरेर दैनिक रुपमा आम्दानी भएपनि आफुले चाहेको समय अनुसार काम नपाइने भएपछि उनि सिलाई कटाई सिक्ने योजना बनाइन । आफुले समुहमा जमा गरेर राखेको रकम सिलाई सिकेको फिस तिर्नमा प्रयोग गरेर ६ महिने सिलाई कटाई कोर्ष पुरा गरिन ।

थ्रिजिरो क्लबमा आबद्ध

गाँउघरमा लगाउने छिमेकीहरुको कपडा सिलाएर केहि मात्रामा आम्दानी हुन थाल्यो तर आधुनिक डिजाइनका कपडा सिलाउन नसकेपछि सिलाई ब्यवसाय पनि बन्द गर्न परयो । यसरी निराश भएर बसेकी शर्मिला २०७९।०७।१४ गते सुनिता ट्रष्ट फाउण्डेसन द्धारा गठन गरिएको थ्रिजिरो क्लबमा आबद्ध भइन ।

क्लबको उद्धेश्य अनुसार मासिक बैठकमा युवाहरुलाई उद्यम ब्यवसायबारे छलफलमा भाग लिदै गएपछि शर्मिलाको मनमा पनि सकारात्मक सोचको बिकास हुन थाल्यो । सिलाई पेशालाई ब्यवस्थित रुपमा संचालन गर्न ३ महिने डिजाइन कोर्ष पुरा गरि सिलाई कटाई ब्यवसाय पुःन संचालनमा ल्याएकी छन ।

थ्रिजिरो क्लबमा आबद्ध भएपछि सोचमा परिर्बतन आएको बताउदै कुनैे पनि ब्यवसाय संचालनको लागी ब्यवस्थापन महत्वपुर्ण रहेछ भन्ने सिकाइका साथ सिलाई कटाइृलाई पहिलो प्राथमिकता दिएपछि ब्यवसाय राम्रो चलिरहेको बताइन ।

ब्यस्त हुनुको साथै आफुलाई र घरखर्च चलाउनमा ठुलो सहयोग भएको बताउदै आगामी दिनमा यो पेशालाई ब्यवसायिक रुपमा अगाडी बढाउने योजना रहेको बताउनुभयो ।

Please follow & like us :)


© Sunita Trust Foundation. All Rights Reserved.
Total Website Visitors : 4227