• TELEPHONE 82-560837
  • EMAIL ADDRESS sunitatrust2@gmail.com
  • ADDRESS Ghorahi, Dang

वित्तीय तथा ब्यवसायिक साक्षरता अभिमुखीकरण कार्यक्रम

Please follow & like us :)

May 16, 2023: सुनिता ट्रष्ट फाउण्डेशनको आयोजना तथा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड अन्र्तगत सञ्चालित दाङ जिल्लाको बिभिन्न शाखाहरुको समन्वयमा वित्तीय तथा ब्यवसायिक साक्षरता तालिम सम्पन्न भयो ।

सदस्यहरुलाई वित्तीय क्षेत्रमा पहुँच बढाई स्वरोजगार बनाउन, संस्थाद्धारा दिइने सेवामा गुणस्तरियता कायम गर्न, वित्तीय जोखिम घटाउन र वित्तीय ब्यवसायमा सकारात्मक परिर्वतन ल्याउने उद्धेश्यले शाखाद्धारा गठन गरिएका केन्द्रमा वित्तीय तथा ब्यवसाय सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।

(Participants of Financial litercy at Ghorahi Sub Metropolis-12, Hapur Gurje

कार्यक्रममा वित्तीय लक्ष्य निर्माण, बचतको महत्व, ऋण सदुपयोगिता, उत्पादनका स्रोतको सहि प्रयोग, बिमा सेवा, ब्यवसाय योजना, उद्यमशिलता र पूँजी बजार लगायतका बिषयमा सहजीकरण गरिएको थियो ।

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड अन्र्तगत सञ्चालित घोराही, नारायणपुर तुल्सीपुर, लमही, गढवा र भालुभाङ शाखाद्धारा गठन गरिएका २४ वटा केन्द्रमा आवद्ध २४९ जना सदस्यहरुलाई वित्तीय साक्षरता सञ्चालन गरिएको थियो ।

तालिम पश्चात सदस्यहरुले ब्यवसायिक योजना निर्माण गरेको, निष्कृय भएका सदस्यहरु पुनः समुहमा सकृयताका साथ सहभागी भएको, किस्ता रोकेका सदस्यहरुले बिस्तारै किस्ता बुझाउन शुरु गरेको र ऋण मिनाहबारे भ्रममा रहेका सदस्यहरु आफुले लिएको ऋणको किस्ता समयमा बुझाउन उन्मुख भई ब्यवसायिक कर्जा लिएर ब्यवसाय सञ्चालन गर्न थालेका छन ।

सो कार्यक्रमको सहजीकरण सुनिता ट्रष्ट फाउण्डेशनका कमला शर्मा र शिबा चौधरीले गर्नुभएको थियो ।

Gadhawa Rural Municipality-1 Jethan gaun

Please follow & like us :)


© Sunita Trust Foundation. All Rights Reserved.
Total Website Visitors : 4193