• TELEPHONE 82-560837
  • EMAIL ADDRESS sunitatrust2@gmail.com
  • ADDRESS Ghorahi, Dang

प्रजनन् स्वास्थ्य सम्बन्धी अभिमुखीकरण तथा सेनेटरी प्याड बितरण कार्यक्रम

Please follow & like us :)

May 18., 2023, Dang Ghorahi-15: सुनिता ट्रष्ट फाउण्डेशनको आयोजना तथा सस्तो किराना पसल घोराहीका प्रोपराईटर श्री रजनी श्रेष्ठ र श्री गणेश श्रेष्ठको सहयोगमा घोराही उपमहानगरपालिकाका विभिन्न स्थानमा प्रजनन् स्वास्थ्य सम्बन्धी अभिमुखीकरण तथा सेनेटरी प्याड बितरण कार्यक्रम सम्पन्न भएको छ ।

फाउण्डेशनले किशोरी तथा महिलाहरुको प्रजनन् स्वास्थ्यवारे सचेतना जगाउने उद्देश्यले विभिन्न सामुदायिक विद्यालय र सीमान्तकृत समुदायमा प्रजनन् स्वास्थ्य सम्बन्धी अभिमुखीकरण तथा सेनेटरी प्याड बितरण कार्यक्रम सञ्चालन गरीरहेको छ ।

कार्यक्रमका वक्ताहरुले महिनावारी हुुँदा परिवार तथा समाजमा आफ्ना कुरा खुलस्त राख्न नसक्ने, सरसफाईमा ध्यान नदिँदा महिलाहरुको प्रजनन् अंगमा बिभिन्न स्वास्थ्य समस्याहरु देखापर्ने, बिद्यालयहरुमा प्याड बदल्ने सुरक्षित कोठा नहुँदा छात्राहरु विद्यालयमा अनुपस्थित हुने, र प्रयोग गरिसकेको प्याड ब्यवस्थापन गर्न नसक्दा वातावरण प्रदुषणमा प्रभाव पर्ने भएकोले सेनेटरी प्याड बितरणसँग संगै महिलाहरुलाई सचेत बनाउन प्रजनन् स्वास्थ्य तथा सेनेटरी प्याड वितरण कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको बताएका थिए । कार्यक्रममा सरसफाई, प्याड प्रयोग गर्ने तरीका, प्रयोग गरिसकेका प्याड ब्यवस्थापन र बिद्यालयमा छात्रामैत्री शौचालयको ब्यवस्थापन हुनु पर्ने लगायतका बिषयमा छलफल गरिएको थियो ।


सो कार्यक्रममा घोराही उपमहानगरपालिकाका विभिन्न वडाका वडा अध्यक्ष, टोल अध्यक्ष, ग्रामीण महिला उत्थान केन्द्रका संस्थापक अध्यक्ष, संस्थापक सल्लाहकार, सामाजिक अभियन्ता र विद्यालयका शिक्षकहरुको सहभागीतामा घोराही उपमहानगरपालिका वडा नं.–४, डाँडागाउँका ३४ जना, घोराही–१६ सानी अम्बापुरका ३७ जना, घोराही–३ झिङनीका ४० जना र घोराही–२ रामपुर पलासेका १९ जना गरि जम्मा १३० जनालाई सेनेटरी प्याड समेत बितरण गरिएको थियो ।

Please follow & like us :)


© Sunita Trust Foundation. All Rights Reserved.
Total Website Visitors : 4499