• TELEPHONE 82-560837
  • EMAIL ADDRESS sunitatrust2@gmail.com
  • ADDRESS Ghorahi, Dang

महिनावारी कप बितरण कार्यक्रम

Please follow & like us :)

May 28, 2023: Dang:सुनिता ट्रष्ट फाउण्डेसनको आयोजना तथा सिपी नेपालको समन्वयमा सल्यान र प्यूठान जिल्लाको बिभिन्न स्थानमा प्रजनन् स्वास्थ्य सम्बन्धी अभिमुखीकरण तथा निःशुल्क महिनावारी कप बितरण कार्यक्रम सम्पन्न भएको छ ।

सल्यान जिल्लाको त्रिबेणी गाँउपालिका २ अन्र्तगत रहेको दुर्गाभवानी सामाजिक उद्यमी महिला सहकारी संस्था लि. र प्युठान जिल्लामा रहेको शान्तिकुञ्ज र सकृय सामाजिक उद्यमी महिला सहकारी संस्था लि.मा आवद्ध एक सय जना महिलाहरुलाई प्रजनन् स्वास्थ्य सम्बन्धी अभिमुखीकरण सहित निःशुल्क महिनावारी कप बितरण गरिएको हो ।

महिलाहरुको क्षमता अभिबृद्धि गर्नमा महिनावारी झन्झटिलो र बाधक नबनोस्, महिनावारी हुनु हरेक महिलाहरुका लागि गर्वको बिषय हो भनेर सकारात्मक हुनुका साथै सेनेटरी प्याडमा खर्च हुने रकमको बचत गरी महिनावारी कप प्रयोग गर्न सिकाउन र प्रजनन् स्वास्थ्यबारे सचेतना जगाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

 

सहकारी संस्थाका अध्यक्ष ज्युहरुको अध्यक्षता एंव स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुको आतिथ्यतामा महिलाका समस्या तथा प्रजनन् स्वास्थ्यका बिषयमा छलफल गरिएको थियो । कार्यक्रममा बोल्दै स्वास्थ्यकर्मी बक्ताहरुले अधिकांश महिलाहरु मात्रै नभएर प्रजनन् स्वास्थ्यका सवालमा घरपरिवार नै अति संबेदनशिल बनिदिनु पर्ने र सहयोग पनि गर्नुपर्ने बताएका थिए, जुन कुरा हामीले घरपरिवारलाई सिकाउँदै छौ ।

यो कार्यक्रमको आयोजना गरि सचेतना जगाईदिएकोमा फाउण्डेसनलाई धन्यवाद दिएका थिए । त्यत्ति मात्रै होईन् महिनावारी कप सुनेको मात्रै थियौ यो नयाँ प्रयोग ल्याएर समुदायमै आएकोमा फाउण्डेसन प्रति अत्यन्त खुसी ब्यक्त गरेका थिए, साथै महिनावारी कपलाई पुन ः प्रयोगमा ल्याउन सकिने, बर्षौसम्म टिकाउ हुने, सेनेटरी प्याड भन्दा प्रयोग गर्नपनि सहज हुने जस्ता कुराहरु आफूहरुले अध्ययन मार्फत थाहा पाएको पनि स्वास्थ्यकर्मीहरुले जानकारी गराएका थिए ।

कार्यक्रमको सहजीकरण सुनिता ट्रष्ट फाउण्डेसनका सहजकर्ता कमला शर्मा र शिवा चौधरीले गरेका थिए ।

Please follow & like us :)


© Sunita Trust Foundation. All Rights Reserved.
Total Website Visitors : 3449