• TELEPHONE 82-560837
  • EMAIL ADDRESS sunitatrust2@gmail.com
  • ADDRESS Ghorahi, Dang

उद्यमी बन्दै क्लबका सदस्य शर्मिला चौधरी

Please follow & like us :)

August 20, 2023: Dang Ghorahi: सर्मिला चौधरी घोराही उपमहानगरपालिका १६ मुक्त कमैया शिबिर निबासी बुवा कप्तान चौधरी र आमा छुकन्या चौधरीको छोरी हुन । हाल उहाँ २० बर्षको हुनुभयो । १२ कक्षामा अध्ययन गर्दागर्दै आर्थिक अभावका कारण पढाई छोड्न परेको सर्मिला अहिले सिलाई कटाई ब्यवसाय गर्दै आउनुभएकोछ ।

पढाइको लागि क्याम्पसमा शुल्क तिर्ने पैसा नभएपछि अगाडिको पढाई पूरा गर्न नसकेको बताउनुभयो । शर्मिलाको घरको आर्थिक स्थिति एकदमै कमजोर भएकोले साँझ बिहानको छाक टार्न समस्या थियो । बस्नको लागि घरबास मात्र रहेको बताउदै श्रमिक काम भएपनि गर्छु भन्दा काम नपाइको दुखेसो पोख्नु भयो ।

यसरी खाना खर्च जुटाउनको लागि पढाई छोडेर घर बनाउने ठेकदारसंग कुरा गरि ज्याला मज्दुरी काम गर्न थाल्नुभयो । लेबर काम गरेर दैनिक रु. ५००। सय कमाई हुन थाल्यो । आफुले कमाएको रकम घरखर्च चलाउनमा प्रयोग गर्नुभयो भने बाँकी रकम आत्मनिर्भर लघुबित्त बित्तीय संस्थाले गठन गरेको समुहमा जमा गर्न शुरुगर्नुभयो ।

यसरी श्रमिक काम गरेर केहि आम्दानी भएपनि आफूले चाहेको समय अनुसार काम नपाइएको बताउनुभयो । ठेकदारले ठेक्का पाए काम पाइन्छ नभए पाइदैन वहाँले भन्नुभयो । यसरी लेबर काम पनि नियमित नपाइएपछि केहि सीप सिकेर आफनै ब्यवसाय गर्ने उद्धेश्यले सिलाई कटाई सिक्ने योजना बनाउनुभयो । २०७७ सालमा ३ सिलाई कोर्ष पुरा गरि गाँउघरका छिमेकीहरुको कपडा सिलाएर केहि आम्दानी भयो तर आधुनिक डिजाईनका कपडा सिलाउन नसक्दा सिलाई ब्यवसाय पनि बन्द गर्न परयो । यसरी आर्थिक अभावकै कारण शर्मिलाले बिचैमा पढाई छोडनुपर्ने बाध्यता थियो भने आफूले सिकेको सीपलाई ब्यवस्थित रुपमा संचालन गर्न नसक्दा ब्यवसाय बन्द गरि बस्नुपर्ने बाध्यता भयो ।

२०७९।०७।१४ गते सुनिता ट्रष्ट फाउण्डेशनद्धारा गठन गरिएको थ्रि जिरो क्लबमा शर्मिला पनि आबद्ध हुनुभयो । क्लबको उद्धेश्य अनुसार प्रत्येक मासिक बैठकमा उद्यम ब्यवसायबारे छलफलमा भाग लिदै गएपछि शर्मिलाले बन्द गरेर राखेको सिलाई ब्यवसाय पुनः संचालनमा ल्याउने सोच बनाई सिलाईको थप कोर्ष सिक्न थाल्नुभयो । यसरी सिलाई पेशालाई ब्यवस्थित रुपमा संचालन गर्न सिलाई कोर्ष पुरा गरि हाल ब्यवसायलाई पुःन संचालन गर्दै आउनुभएकोछ ।

अहिले सिलाई ब्यवसायबाट दैनिक ३०० देखि ५०० सम्मको आम्दानी भैरहेको छ भने चाडपर्व वा सिजनमा मासिक २० देखि २५ हजार सम्म आम्दानी भएको बताउनुभयो । थ्रि जिरो क्लबमा आबद्ध भएपछि सोचमा परिर्बतन आएको बताउदै कुनैे पनि ब्यवसाय संचालनको लागि ब्यवस्थापन महत्वपूर्ण रहेछ भन्ने सिकाइका साथ सिलाई ब्यवसायलाई पहिलो प्राथमिकता दिएको बताउनुभयो । ब्यवसाय संचालन गरेपछि ब्यस्त हुनुको साथै आफूलाई घरखर्च चलाउनमा ठूलो सहयोग पुगेको बताउदै आगामी दिनमा यो पेशालाई ब्यवसायिक रुपमा अगाडि बढाउने योजना रहेको बताउनुभयो ।

Please follow & like us :)


© Sunita Trust Foundation. All Rights Reserved.
Total Website Visitors : 6985