• TELEPHONE 82-560837
  • EMAIL ADDRESS sunitatrust2@gmail.com
  • ADDRESS Ghorahi, Dang

कर्जा सदुपयोगिताले ल्याएको सफलता ः तारा

Please follow & like us :)

September 22, 2023: मेहनतले मान्छेलाई महान बनाउछ , बाचुन्जेल दःुख गर्नैपर्छ दुःखले एकदिन सुख दिन्छ भन्ने ठूलो आशा छ । यो भनाई हो घोराही उपमहानगरपालिका १२ गुर्जे निवासी ५३ बर्षिय तारा न्यौपाने गुरुङको । श्रीमान मुटुको बिरामी भएकोले श्रीमानको उपचारकै लागि भएपनि ब्यवसाय गरेर पैसा कमाउन जरुरी रहेको बताउनुभयो ।

२०६८ साल देखि ग्रामीण महिला उत्थान केन्द्र (हाल आत्मनिर्भर लघुबित्त बित्तिय संस्था) मा आबद्ध भई बचत गर्न शुरु गर्नुभयो र संस्थाबाट रु. ५ हजार कर्जा लिएर २ वटा बाख्राको पाठा खरिद गरि पाल्न शुरु गर्नुभएको थियो । २ वटा बाख्रालाई बर्षभरि पालेर बिक्री गर्दा लिएको कर्जाको किष्ता तिर्न त पुग्यो तर सोचे जस्तो आम्दानी हुन नसकेपछि श्रीमान श्रीमती मिलेर ब्यवसायीक रुपमा बाख्रा पालन गर्ने योजना बनाउनुभयो । बाख्रा बेचेर बचत गरेको केहि रकम र संस्थाबाट रुं ८० हजार कर्जा लिएर हाल २७ वटा बाख्रा ब्यवसायीक रुपमा पाल्दै आउनुभएको छ ।

वहाले दैनिक रुपमा बाख्रा चराउने, घाँस काटने, दानापानी खुवाउने गोठ स्याहार सुसार गर्ने , तरकारी खेति गर्ने गर्नुहुन्छ भने श्रीमान किराना पसल गर्नुहुन्छ । ताराले पालेका बाख्रा बिक्रीको लागि तयारी भएपछि प्रति खसि १५ देखि ३५ हजार सम्ममा बिक्र्री गर्दै आउनुभएकोछ । बाख्रापालन ब्यवसाय गरेर हरेक बर्ष ५ देखि १० वटा बाख्रा बिक्री गर्नुहुन्छ भने यस बर्ष ७ वटा बाख्रा बिक्रि गरि रु.२ लाख १० हजार आम्दानी गर्नुभएकोछ ।

बाख्रा बिक्री गरेको रकमले श्रीमानको उपचार गर्नमा धेरै सहयोग पुगेको बताउदै आगामी दिनमा बाख्रा पालन ब्यवसायलाई अझ ब्यवस्थित खोर निर्माण र घाँस उत्पादन गरि ब्यवसाय संचालन गर्ने योजना रहेकोछ । २०७९ चैत्र महिनामा सुनिता ट्रष्ट फाउण्डेशनद्धारा बित्तिय तथा ब्यवसायिक साक्षरता तालिम लिएकी तारा भन्नुहुन्छ समुहमा बसेपछि ब्यवसाय गर्न सिके र त्यही ब्यवसायबाट बिरामी श्रीमानको नियमित उपचार सम्भव भएको बताउनुभयो । आफुसंग बढि भएको रकम सुरक्षित साथ राख्न मिल्ने र समस्या परेको बेला तुरुन्त निकाल्न सकिने भएकोले संस्थाको बित्तीय सेवाबाट धेरै खुशि रहेको बताउदै आफु जस्तै अन्य सदस्य दिदि बहिनीहरुलाई पनि कुनै न कुनै ब्यवसाय गरेर आत्मनिर्भर बन्ने सल्लाह दिनुभयो ।

Please follow & like us :)


© Sunita Trust Foundation. All Rights Reserved.
Total Website Visitors : 7317