• TELEPHONE 82-560837
  • EMAIL ADDRESS sunitatrust2@gmail.com
  • ADDRESS Ghorahi, Dang

तरकारी खेतीबाट उद्यमी बन्दै हेमा

Please follow & like us :)

September 22, 2023: लमही नगरपालिका ६ देउपुर निबासी हेमा चौधरी एक मेहनती र सहासी महिला हुन । ३३ बर्षिय हेमाको १७ बर्षकै उमेरमा बालबिबाह भएकोथियो । सानै उमेरमा बिबाह गर्दा दुःख भोग्न परेको दिनहरु सम्झिदै बिबाह गर्दा पढाई पूरा गरि आत्मनिर्भर भएर मात्र बिबाह गर्न सल्लाह दिनुभयो । बिबाह पछि बस्नको लागि घरबास मात्र भएको र श्रीमान पनि बेरोजगार हुँदा घरमा आर्थिक अभावले निकै दुःख पाएको बताउनुभयो । “बिहान बेलुका खाना खानलाई चामल नहुदा छिमेकीबाट पैंचो लिएर खाना बनाउथे, तर त्यही पैंचो समयमा फिर्ता गर्न नसक्दा छिमेकिले हेपेको अझै बिर्सेको छैन” भन्दै बिगतका अनुभव सुनाउनुभयो ।

ज्याला मजदुरी गर्दै परिवार पाल्ने क्रममा २०७० साल देखि ग्रामीण महिला उत्थान केन्द्र (हाल आत्मनिर्भर लघुबित्त बित्तीय संस्था ) अन्र्तगत लमही शाखाद्धारा गठन गरिएको केन्द्र नं १ देउपुरमा आबद्ध भई बचत गर्दै आउनुभएकोछ । बचत संगसंगै उद्यम ब्यवसायको बारेमा पनि समुहमा आबद्ध भएपछि नै थाहा भएको बताउदै हेमाले समुहबाट कर्जा लिएर तरकारी खेती गर्ने योजना बनाउनुभयो । २ कठठा जग्गा ठेक्का लिई समुहबाट रु. ३० हजार कर्जा लिएर तरकारी खेति शुरुगर्नुुभयो । भिन्डी , बोडी, करेला , घिरौला र खुर्सानी लगायतका तरकारीखेतिबाट पहिलो बर्षमै राम्रो आम्दानी भयो ।

बिहानमा उत्पादन भएको तरकारी बिक्रि बितरण गर्ने र दिनभरि तरकारीबारीमै ब्यस्त हुने बताउनुभयो । मौसम अनुसार खेति गर्दै आउनुभएको हेमा २०७९ चैत्र महिनामा सुनिता ट्रष्ट फाउण्डेशनबाट संचालन गरिएको बित्तिय तथा ब्यवसायिक साक्षरता तालिम पश्चात तरकारी खेतीबाट अझ बढि उत्पादन लिनका लागि मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आउनुभएको छ । तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि हेमाको ससुरा र श्रीमान पनि सहयोग गर्न थाल्नुभयो । उत्पादन भएको तरकारी बजार सम्म बिक्री गर्नमा श्रीमानले सहयोग गर्नुहुन्छ भने तरकारी रोप्ने, गोडमेल गर्ने, मल हाल्ने लगायत सबै काम हेमाको ससुरा र हेमा आफैले गर्नुहुन्छ ।

तरकारी ब्यवसायबाट बिस्तारै हेमाको परिवारमा परिर्बतन आउन थाल्यो । अहिले समुहमा बचत गर्ने रकम श्रीमान संग हात फैलाउन पर्दैन । सो ब्यवसायको आम्दानीबाट छोराको शिक्षा र अन्य घरायसी खर्चमा प्रयोग गर्नुहुन्छ । आफू पढन नपाए पनि छोरालाई भने राम्रो शिक्षा दिने सोच छ यसको लागि मेहनत महत्वपूर्ण रहेको बताउनुभयो । मेहनत गर्न नथाक्ने हेमा तरकारी ब्यवसाय संगसंगै २ वटा बाख्रा पनि पाल्दै आउनुभएकोछ । उत्पादन भएको तरकारी बिक्री गर्छु , तरकारी बारीमा उमे्रको घाँस बाख्रालाई हुन्छ , हेमाले भन्नुभयो । मेहनत गर्न सक्नेलाई लघुबित्तले धेरै सहयोग पुरयाएको छ । ब्यवसायमा लगानी गर्ने रकम देखि उत्पादन पछि आम्दानी भएको रकम ब्यवस्थापनबारे पनि लघुबित्तले नै बचत राखिदिने भएकोले तरकारी खेति गर्न आँट आएको बताउनुभयो । तरकारीखेति बाट मासिक २५ देखि ३० हजार सम्म आम्दानी भैरहेकोले भबिष्यमा आफनै जग्गा खरिद गरि तरकारी खेतिलाई ब्यवसायिक रुपमा संचालन गर्ने योजना रहेको बताउनुभयो ।

Please follow & like us :)


© Sunita Trust Foundation. All Rights Reserved.
Total Website Visitors : 7413