• TELEPHONE 82-560837
  • EMAIL ADDRESS sunitatrust2@gmail.com
  • ADDRESS Ghorahi, Dang

तरकारी खेतीमा रमाउदै ः निशा

Please follow & like us :)

September 22, 2023: घोराही उपमहानगरपालिका १३ ढोडेनी निवासी निशा चौधरी एक मेहनती र सहासी महिला हुनहुन्छ । २५ बर्षिय निशा तरकारी खेति गरेर छोराको पढाई खर्च ब्यवस्थापन गर्दै आउनुभएको छ । पढाईको मह्त्व नबुझेर पढन नसकेको बताउँदै छोरालाई राम्रो शिक्षा दिने सोचले ब्यवसायिक तरकारीखेती शुरु गर्नुभएकोछ । वहाँको सासु ससुरा भैसी पालेर दुध बिक्री बितरण गरि आम्दानी गर्नुहुन्छ भने परिवारको कुनै सदस्यले कमाएको पैसामा रमाउनु भन्दा आफु आत्मनिर्भर भएर बाँच्नुमा छुटै आनन्द आउने भएकोले तरकारी खेतीको शुरुवात गरेको निशाले बताउनुभयो ।

२०७३ साल देखि ग्रामीण महिला उत्थान केन्द्र (हाल आत्मनिर्भर लघुबित्त बित्तीय संस्था लि) द्धारा गठन गरिएको बसन्त हरियालि महिला उत्थान केन्दमा सदस्य बन्नुभयो । समुहमा बचत गर्ने आवश्यक रकम आफुसंग नहुदा हरेक महिनाको बैठक आउदा श्रीमान वा सासुससुरासंग हात फैलाउन पर्दथ्यो ।

पैसा दिदा अप्ठेरो मान्दै दिने गर्दथे भने कहिले काँही सासुको बचन पनि सुन्न पर्दथ्यो । पैसाको लागि परिवारको सदस्यसंग सधै झुक्नुपर्ने भएपछि निशाले आफै मेहनत गरेर समुहमा बचत गर्ने योजना बनाउनुभयो । संस्थाबाट रु. ३० हजार कर्जा लिएर घरमा भएको सानो करेसाबारीमा तरकारीखेति गर्दै आउनुभएको निशाको बारीमा टमाटर, बोडी, करेला, भिन्डी, सिमि लगायतका तरकारीहरु उत्पादन हुनेगर्दछ । तरकारी बिक्री गरेर मासिक १२ देखि १५ हजार सम्म आम्दानी भइरहेकोछ । तरकारीखेति गरेर उत्पादन भएको रकम समुहमा बचत गर्न धेरै सजिलो भएको र आफुलाई चाहिने बस्तु तथा सामान र छोरालाई कापी किताब किन्नका लागि धेरै सहयोग पुगेको बताउनुभयो ।

थोरै लगानी गरेर मेहनत गर्न सकेमा कुनै पनि ब्यवसाय बाट आत्मनिर्भर बन्न सकिन्छ,, । निशाले भन्नुभयो । उद्यम शुरु गर्नका लागि आत्म निर्भर लघुबित्त बित्तीय संस्थाबाट बिना धितो कर्जा, सरल र छिटो प्रकृयाबाट उपलब्ध हुने भएकोले तरकारी खेति गर्न सजिलो भएको बताउदै सबै महिला दिदि बहिनीहरुलाई उद्यम ब्यवसाय गर्न सल्लाह दिनुभयो । महिलाहरु आत्मनिर्भर नभएकै कारण बिभिन्न हिंसा सहनु परेकोले सबै महिला सक्षम बन्न जरुरी रहेको बताउनुभयो । बजारबाट महंगो र बिषादी युक्त तरकारी किनेर खानु भन्दा आफै परिश्रम गरि अर्गानिक तरकारी उत्पादन गर्न सके स्वास्थ्यको लागि फाइदा हुने र ब्यवसाय गरेको रकम भबिश्यमा सहयोग हुने भएकोले तरकारीखेतिलाई प्राथमिकता दिएर ब्यवसाय अगाडि बढाउने योजना रहेको बताउनुभयो ।

Please follow & like us :)


© Sunita Trust Foundation. All Rights Reserved.
Total Website Visitors : 7355