• TELEPHONE 82-560837
  • EMAIL ADDRESS sunitatrust2@gmail.com
  • ADDRESS Ghorahi, Dang

संघर्षशिल महिलाको नमुना खिउरी

Please follow & like us :)

September 22, 2023: लमही नगरपालिका ३ नारायणपुरकी खिउरी वली अहिले ५६ बर्ष पुग्नुभयो । खिउरी वलीको परिवारमा ३ भाई छोरा र बुहारीहरु मध्ये सबै छोराबुहारीहरु घर छुट्टिएर आ आफनै पेशा गरेर बसेकाछन । खिउरी २०६६ साल देखि ग्रामीण महिला उत्थान केन्द्र (हाल आत्मनिर्भर लघुबित्त बित्तीय संस्था ) द्धारा गठन गरिएको नारायणी महिला उत्थान केन्द्रमा आबद्ध भई बचत गर्दै आउनुभएकोछ । समुहमा बचत गर्ने रकम ब्यवस्थापन गर्न समस्या हुनथालेपछि घर नजिकै रहेको करेसा बारीमा तरकारीखेति गर्ने उपाय सोच्नुभयो । १० कट्ठा ऐलानी जग्गामा बेमौसमी तरकारी करेला, लौका, भिन्डी ,बोडी टमाटर लगायतका तरकारी उत्पादन गरि बिक्री बितरण गर्दै आउनुभएको छ । “तरकारी बिक्री गर्न बजार सम्म जान पर्दैन वरपरका छिमेकीहरु घरमै आएर लैजानुहुन्छ” । वहाँले भन्नुभयो । आफैले उत्पादन गरेको तरकारी अर्गानिक हुनेभएकोले स्वास्थ्यको लागि पनि अति उत्तम हुने बताउनुभयो ।

खिउरीले तरकारी खेति संगै कुखुरा पालन गर्ने पनि योजना बनाउनुभयो । समुहबाट रु. २ लाख ५० हजार ऋण लिएर ७०० वटा कुखुरा पाल्न शुरु गर्नुभयो । करिब २ महिना पछि उत्पादन भएका कुखुरालाई ३ लाख ५० हजारमा ब्रिक्री गरि हाल वहाँ संग १ हजार ५ सय वटा कुखुरा खोरमा रहेकाछन । खिउरी भन्नुहुन्छ मेहनत सबैभन्दा ठूलो कुरा हो, मेहनत गर्नेका लागि पैसा कमाउने उपाय जतिपनि छ । कुखुरा पालनबाट राम्रो आम्दनी हुनथालेपछि बर्षौ देखि भारतको सिमलामा काम गर्दै आएका खिउरीको श्रीमान काम छोडेर खिउरी संगै कुखुरा पालन ब्यवसायमा सहयोग गर्न थाल्नुभएकोछ ।

२०८० बैसाख महिनामा यस सुनिता ट्रष्ट फाउण्डेशनबाट बित्तिय तथा ब्यवसायिक साक्षरता अभिमुखिकरण पश्चात कुुखुरापालन संगै बाख्रा पालन गरिरहनभएकोछ । ६ वटा बाख्रा मध्ये ३ वटा बाख्रा बिक्री गरेर ४६ हजार आम्दानी भयो भने हाल घरमा ४ वटा बाख्रा बिक्री गर्न तयार रहेकोछ ।

ब्यवसाय गर्दा समुहमा बचत गर्ने रकम श्रीमान संग माग्न नपर्ने र घरायसी आवश्यक पर्ने सामाग्री लगायत औषधि उपचार गर्न सजिलो हुने भएकोले ब्यवसायलाई नै प्रथमिकता दिएको बताउनुभयो । बाख्र्रा र कुखुरा पालनबाट मासिक रु. ७५ हजार देखि १ लाख सम्म आम्दानी हुने बताउदै उमेर ढल्किदै जाँदा भबिष्यको चिन्तामा भाबुक हुनुभयो ।“छोराछोरी हुर्काए पढाए तर यो उमेरमा छोडेर गए, अरुको आशमा बस्नुभन्दा आफै सक्षम हुनपर्ने रहेछ” भन्दै समुहमा जम्मा गरेर राखेको रकम भबिष्यमा बुढेसकालको सहारा बन्नेछ त्यसैले कुखुरा फार्मलाई अझै फराकिलो बनाएर लैजाने योजना रहेको बताउनुभयो ।

Please follow & like us :)


© Sunita Trust Foundation. All Rights Reserved.
Total Website Visitors : 7220