• TELEPHONE 82-560837
  • EMAIL ADDRESS sunitatrust2@gmail.com
  • ADDRESS Ghorahi, Dang

स्वरोजगार बन्दै जलम

Please follow & like us :)

September 22, 2023: घोराही उपमहानगरपालिका १६ रझेना निवासी जलम चौधरी अहिले ३१ बर्ष पुग्नुभयो । घरको आर्थिक स्थिति कमजोर भएर छोराछोरी हुर्काउन समस्या भएपछि जलमको बुवा बिष्णु चौधरीले जलमलाई कमलरी बस्न पठाउनुभएको थियो । ९ बर्षको कलिलो उमेरमा मालिकको घरमा कमलरी बस्न बाध्य भएकी जलमलाई ५ बर्ष सम्म मालिककै घरमा काम गरेर जिबन बिताउन परयो । पढने उमेरमा बिद्यालय जान नपाएकी जलम १४ बर्ष उमेर पुगेपछि मात्र बिद्यालय जाने अवसर पाउनुभयो । १० कक्षा सम्म अध्ययन गरेपछि उनको बिबाह भयो । अहिले जलमको ८ बर्षको एक छोरा सहित ३ जनाको परिवार छ ।
बिबाह पछि पनि घरमा आर्थिक समस्याले गर्दा जलमलाई धेरै दुःख भोग्न परयो । श्रीमान र आफू दुबै बेरोजगार बस्दा घरमा आर्थिक समस्या थपिदै गएपछि गाँउमै संचालन हुदै आएको ग्रामीण महिला उत्थान केन्द्र (हाल आत्म निर्भर लघुबित्त बित्तीय संस्था ) ले गठन गरेको समुहमा आबद्ध हुनुभयो । समुहमा बसेपछि बचत गर्नुसंगै महिलाहरु आत्मनिर्भर बन्नको लागि ब्यबसाय गर्नुपर्ने रहेछ भन्ने कुराको महशुस भएपछि संस्थाबाट कर्जा लिएर सानो भएपनि ब्यवसाय गर्ने सोच बनाउनुभयो ।

यसरी २०७५ सालमा संस्थाबाट रु. ५० हजार कर्जा लिएर किराना पसलको स्थापना गर्नुभयो । पसलबाट बिस्तारै आम्दानी हुनथालेपछि समुदायको आवश्यक्ता र माग अनुसार पसलमा सामान थप्दै गएर पसलाई ठुलो बनाउनुभयो । २०७९ फागुन महिनामा सुनिता ट्रष्ट फाउण्डेशनद्धारा बित्तिय तथा ब्यवसायीक साक्षरता तालिम पाएपछि जलमले किराना पसल संगै नास्ता पसल र फे्रस हाउस पनि थप गरेर संचालनमा ल्याउनुभएकोछ । जलम बिहान देखि बेलुका सम्म पसलमै ब्यस्त हुनुहुन्छ भने श्रीमानले पनि पसलमा सहयोग गर्दै आउनुभएकोछ ।


नास्ता, फ्रेसहाउस र किराना पसलबाट दैनिक ७०० देखि १००० सम्म आम्दानी हुने र सिजनको समयमा मासिक रु १ लाख २५ हजार सम्म आम्दानी हुने गरेकोछ । “ब्यवसाय गर्दा दुःख पनि छ पैसा पनि छ , मेहनत गरेर नै आम्दनाी हुने भएकोले दिनरात खटिएर काम गर्छु ” वहाँले भन्नुभयो । आफूले गरेको ब्यवसायबाट राम्रो आम्दानी भएकाले घरखचर्, छोराको पढाई खर्च गर्न सहज भएको छ र खर्च गरि बाँकी रहेको रकम बित्तिय संस्थामा बचत गर्दै आउनुभएकोछ । आफू समयमा पढन नपाएकै कारण धेरै दुःख पाएको अनुभव सुनाउदैे छोरालाई भने राम्रो शिक्षा दिने सोच रहेको बताउनुभयो । ब्यवसायबाट आम्दानी भएको रकमले घोराही १८ रझेनामा १ वटा घडेरी खरिद गरेकी जलमले अब छिटै आफनै घर बनाएर ब्यवस्थित रुपमा ब्यवसाय संचालन गर्ने योजना रहेको बताउनुभयो ।

Please follow & like us :)


© Sunita Trust Foundation. All Rights Reserved.
Total Website Visitors : 7289