• TELEPHONE 82-560837
  • EMAIL ADDRESS sunitatrust2@gmail.com
  • ADDRESS Ghorahi, Dang

माहुरी पालनमा रमाउदै बाबुराम चौधरी

Please follow & like us :)

November 28,2023: Dang

घोराही उपमहानगपालिका ४ सुनपुर निवासी बाबुराम चौधरी अहिले २३ बर्षको हुनुभयो । हिमलाल चौधरी र आमा धनकुमारी चौधरीको छोरा बाबुराम दाङ भ्याली क्याम्पसमा बी.बी एस तेस्रो बर्षमा अध्ययनरत हुनुहुन्छ ।

। शुन्य गरिबी , शुन्य बेरोजकारी र शुन्य कार्बन उत्सर्जन गर्नेे उद्धेश्यका साथ सुनिता ट्रष्ट फाउण्डेशनद्धारा गठन गरिएको थ्रि जिरो क्लबका प्रमुख बाबुराम माहुरीपालन ब्यवसाय गर्दै आउनुभएको छ । बाबुरामका बुवा हिमलाल चौधरीले ४ बर्ष पहिले शुरु गरेकोे माहुरीपालन ब्यवसाय बिगत एक बर्ष देखिे बाबुरामले आफै गर्दै आउनुभएको छ । बाबुराम बिहान ५ बजे उठेर कलेज जानुहुन्छ ११ बजे घर फर्किसकेपछिको समय माहुरीको हेरबिचारमा नै दिन बित्छ ।


माहुरी पालन ब्यवसाय बाबुरामको बुवाले शुरुवात गरेतापनि थ्रिजिरो क्लबमा आबद्ध भएपछि आफुपनि उद्यम ब्यवसाय गर्ने योजना बनाउनुभयो । आफनै घरको छेउमा १२० वटा माहुरीको घार बाट मह उत्पादन गर्दै आउनुभएकोछ । बर्षमा ९ देखि १० पटक सम्म मह काटने गरेको बताउदै बार्षिक ६ लाख सम्म आम्दानी हुने गरेको जानकारी दिनुभयो ।

पहिला अडर अनुसार घरघरमा मह पुरयाए बाफत कमिशनको आधारमा बुवाले पकेट खर्च दिनु हुन्थ्यो भने अहिले बिक्रि भएको आम्दानी रकम बुवालाई दिने गरेकोछु बाबुरामले भन्नुभयो । यो बर्षको पहिलो लतमा २१७ किलोे मह उत्पादन भयो । उत्पादन भएको मह प्रति किलो रु.५०० को दरले १६५ किलो मह बिक्रि भइसकेकोछ भने बाँकी रहेको मह पनि अडर अनुसार बिक्रि भइरहेको बताउनुभयो । पढाई संगै ब्यवसायलाई पनि अगाडी बढाउन सकेमा रोजगारको लागी अन्यत्र जान नपर्ने र पढाइ संगै कमाई पनि हुने भएकोले बेरोजगारीबाट मुक्त हुनसक्ने भएकोले बेरोजगार बसेको युवा साथीहरुलाई पनि ब्यवसाय गरेर आत्मनिर्भर बन्न सल्लाह दिनुहुन्छ । काम गर्न लाज मान्नु भएन, इच्छा र थोरै मेहनत गर्न सके आफनै घरमा रोजगार पाइन्छ । वहाले भन्नुभयो ।

माहुरी पालन ब्यवसायमा हात बढाएपछि बुवाआमा पनि खुशि हुनुहुन्छ भने काममा ब्यस्त हुदा मनमा आउने बिभिन्न तनाव बाट पनि मुक्त हुने अनुभव सुनाउनुभयो । यो ब्यवसायबाट घरपरिवारलाई ठुलो सहयोग पुगेको बताउदै आगामी दिनमा अझ धेरै जग्गामा माहुरीपालन गरि ब्यवसायलाई निरन्तरता दिने योजना रहेको जानकारी दिनुभयो ।

Please follow & like us :)


© Sunita Trust Foundation. All Rights Reserved.
Total Website Visitors : 7282