• TELEPHONE 82-560837
  • EMAIL ADDRESS sunitatrust2@gmail.com
  • ADDRESS Ghorahi, Dang

सुनिता ट्रष्ट फाउण्डेसनको चौथो बार्षिक साधारण सभा

Please follow & like us :)

December 29, 2023

सुनिता ट्रष्ट फाउण्डेसनको चौथो बार्षिक साधारणसभा २०८० मंसिर २३ गते फाउण्डेसनका संस्थापक अध्यक्ष श्री आसमानीचौधरीको सभाध्यक्षतामासम्पन्न भएको छ ।
संञ्चालक समितिका सदस्य श्री सिर्जना चौधरीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रममा बोल्दै अध्यक्ष श्री आसमानी चौधरीले यस फाउण्डेशनद्धारा संचालन भएका कार्यक्रमबाट समुदायका महिला, युवा तथा बालबालिकामा सकारात्मक प्रभाव पारेको, युवाहरुको नेतृत्व बिकास गरी उद्यमी तथा स्वरोजगार बन्न प्रोत्साहन गरेको, प्रजनन स्वास्थ्यबारे महिलाहरुमा सचेतना प्रदान गरेको र छात्रबृति कार्यक्रमले सिमान्तकृत तथा अभिभावक बिहिन बालबालिकाको शैक्षिक गुणस्तरमासहयोग पुर्याउदै आएको बताउदै यस कार्यलाई निरन्तरता दिने सम्पुर्णलाई हार्दिक धन्यबाद समेत दिनुभएको थियो ।  संञ्चालक समिति बाट आ.व.२०७९/०८० मा सम्पन्न भएका कार्यक्रमको बार्षिक प्रतिबेदन प्रश्तुत गरिएको थियो भने आर्थिक लेखा परिक्षण प्रतिबेदन संञ्चालक समितिका तर्फ बाट श्री मिरा चौधरीले प्रश्तुत गर्नुभएको थियो । आ.व.२०८०/०८१ को प्रस्तावित कार्यक्रम तथा बजेट पनि प्रश्तुत गरिएको थियो भने प्रस्ताबित कार्यक्रमहरुस्वास्थ्य तथा पोषण, सरसफाई, थ्रिजिरो क्लबका सदस्यहरुलाई क्षमता बिकास तालिम, बित्तिय तथा ब्यवसायिक अभिमुखिकरण, थ्रिजिरो क्लब गठन र बिपन्न तथा सिमान्तकृत समुदायका बालबालिकाहरुलाई शैक्षिक सामाग्री बितरण लगायतका कार्यक्रमहरु रहेको प्रश्तुत भएको थियो ।
फाउण्डेसनकासंस्थापक सल्लाहकार श्री सोगत चौधरीले स्व. सुनिता चौधरीले गर्न बाँकी रहेकाकामहरु यस फाउण्डेसनद्धारा संचालन भईरहेकाकार्यक्रमले पुरा गर्दै जाने भनाई राख्नुभएको थियो । राज्यले प्रदान गरेको सेवामा पहुँच नपुगेका बिपन्न र सिमान्तकृत समुदायको जिबन परिबर्तन गर्न यस फाउण्डेसनले महत्वपुर्ण भुमिका खेलेको बताउदै शिक्षा, स्वास्थ्य, उद्यम ब्यवसाय जस्ता कार्यक्रम बाट समुदायमा परेको सकारात्मक प्रभावले स्व. सुनिता चौधरीको सपना पुरा गर्नमा सहयोग भएको भनाइ राख्दैे शुभकामना मन्तब्य दिनुभएको थियो ।

आजिबन सदस्य श्री मुकेश शर्माले संस्थाद्धारा संचालनमा रहेका कार्यक्रमहरु बाट महिलाहरुको स्वास्थ्य सुधार, बालबालिकाहरुको भबिश्य निर्माण, युवाहरुलाई स्वरोजगार बनाउन ठुुलो योगदान भएको र यी कार्यक्रमबाट स्व. सुनिता चौधरीको आत्माले सार्थकता पाउने भनाई राख्नुभएको थियो ।त्यसैगरिश्री हितबहादुर थापाले कुनै पनि कामको उपलब्धि ल्याउन कठोर मेहनत र निस्वार्थ भावना चाहिन्छ । कडा परिश्रम र सकारात्मक सोचका साथ काम गर्न सकेमास्व. सुनिता चौधरीले देखेका सोच र सपनालाई साकार पार्न सफल हुनसक्ने बताउनुभयो । कार्यक्रममाश्री संगीत अधिकारी रश्री शुशिला गिरी लगायतले शुभकामना मन्तब्य दिनुभएको थियो । यसैबिचग्रामीण महिला उत्थान केन्द्रकासदस्य श्री मिना गिरीलेट्रष्टको आजिबन सदस्यता लिनुभएको थियो भने कार्यक्रमको सहजीकरण संचालक समिति सदस्य श्री रजनी श्रेष्ठले गर्नुभएको थियो ।

Please follow & like us :)


© Sunita Trust Foundation. All Rights Reserved.
Total Website Visitors : 2511