• TELEPHONE 82-560837
  • EMAIL ADDRESS sunitatrust2@gmail.com
  • ADDRESS Ghorahi, Dang

फाउण्डेशनले जिबनमा ल्याएको खुशि

Please follow & like us :)

December 29, 2023 घोराही उपमहानगरपालिका १६ निबासी १७ बर्षिय दुर्गे बि.क अहिले मा.बि. रावतगाँउ कक्षा ६ मा अध्ययनरत हुनुहुन्छ । आमा चनि बिश्वकर्माको साइलो छोरा दुर्गेको २ जना दाई र १ भाई गरि ५ जनाको परिवार छ । हृदयघातका कारण बुवाको मृत्यु पछि घरमा कमाउने मान्छे कोहि नहुदा बिहान बेलुकाको छाकटार्न समस्या हुनथालेपछि पुख्र्यौली घर छोडेर बिगत १४ बर्ष देखि स परिवार सर्रा दाङ घरभाडामा बस्दै आउनुभएको छ ।
आमा ज्याला मजदुरी गर्नुहुन्छ भने उमेरले परिपक्व भैसकेका २ जना दाइहरु सानै देखि घरपरिवारको सम्पर्क बाट टाढा बस्ने गर्दछन । घरको आर्थिक स्थिति निकै कमजोर भएपछि दुर्गेले पनि घर नजिकै मालिकको घरमा भाडाँ माझने काम गर्दै आउनुभएको छ । साथिभाई सँग खाने, खेल्ने, पढने, लेख्ने यो उमेरमा दुर्गेले बिहान बेलुका मालिकको घरमा काम गर्ने र दिउसो स्कुल जाने गर्नुहुन्छ । काम गरेर मासिक २ हजार २ सय रुपैया आम्दानी हुन्छ अनि त्यहि पैसाले घर खर्च र भाई लाई कापि कलम र डे«सको ब्यवस्थापन गर्दै आउनुभएको छ ।

दुर्गेले आफुले कमाएको पैसाले आफनो पढाइ खर्च ब्यवस्थापनको लागि हम्मे हम्मे पथ्र्यो तर बिगत २बर्षदेखी सुनिता ट्रष्ट फाउण्डेशनले छात्रबृत्ति उपलब्ध गराउन थालेपछि केहि राहतको अनुभुति भएको दुर्गेको आमाले बताउनुहुन्छ ।
दुर्गेले करिब १० महिना अगाडी एउटा माउ कुखुरा पाल्नुभएको थियो, त्यस पोथी बाट ८ वटा चल्ला उत्पादन गरी रु. ६ हजारमा बिक्रि गर्न सफल हुनुभयो । बिक्रि भएको आम्दानीबाट एउटा बाख्राको पाठी खरिद गर्नुभएको छ । सानो पेशा बाट बिस्तारै फराकिलो बनाउने उद्धेश्यका साथ बाख्रा पाल्न शुरु गरेका दुर्गे बि.क भन्नुहुन्छ “मेहनत र लगनशिलता भयो भने सबै समस्या समाधान हुदै जान्छ । यो बाख्राबाट राम्रो आम्दानी भयो भने मालिकको घरमा काम गर्न छोडी बाख्रापालन ब्यवसायलाई नै प्राथमिकता दिनेछु” ।

कापि कलम किन्ने पैसाको अभावले समयमा गृहकार्य गर्न नसक्दा शिक्षकहरुले गरेको ब्यवहार सम्झिदै दुर्गेेले २ बर्ष देखि सुनिता ट्रष्ट फाउण्डेशनद्धारा प्रदान गरिएको छात्रबृति बाट पढाइ प्रति अझ हौसला थपेको अनुभव सुनाउनुभयो । सुनिता ट्रष्टले गरेको सहयोगबाट पढाइलाई नियमितता दिन ठुलो सहयोग पुगेको बताउदै दुर्गेले आफु जस्तै बिपन्न परिवारका बालबालिकाको शैक्षिक स्तर सुधार गर्न प्रदान गरेको छात्रबृतिको लागि फाउण्डेसनलाई धन्यबाद दिनुभयो ।

Please follow & like us :)


© Sunita Trust Foundation. All Rights Reserved.
Total Website Visitors : 7212