• TELEPHONE 82-560837
  • EMAIL ADDRESS sunitatrust2@gmail.com
  • ADDRESS Ghorahi, Dang

स्व.सुनिता चौधरीको १०र्औ स्मृति दिवस :

Please follow & like us :)

December 31, 2023 सुनिता ट्रष्ट फाउण्डेसनको आयोजनामा स्व.सुनिता चौधरीको १०औं स्मृति दिवस फाउण्डेसनका संस्थापक अध्यक्ष श्री आसमानी चौधरीको अध्यक्षतामा सम्पन्न भयो । स्मृति दिवसको अवसरमा स्व. श्री सुनिता चौधरीको योगदान र बाँकी रहेका कामलाई निरन्तरता दिने उद्धेश्यले सिमान्तकृत तथा बिपन्न परिवारको ४० जना बालबालिकालाई छात्रबृति बितरण गरिएको हो ।


फाउण्डेसनका सल्लाहकार श्री सोगत चौधरीले स्व.सुनिता चौधरीले देखेका सपनालाई संस्थाद्धारा पुरा गर्न अभिभावक बिहिन बालबालिकाको शिक्षामा प्राथमिकता दिएको बताउनुभयो । आर्थिक अभावकै कारण शिक्षाबाट बन्चित हुन पुगेका बालबालिकाको शैक्षिक क्षेत्रमा सहयोग गरि उनिहरुको भबिष्य सुनिश्चित बनाउन छात्रबृति प्रदान गर्दै आएको बताउदै यी कार्यक्रमले स्व.सुनिता चौधरीले गरेका महत्वपूर्ण योगदानलाई अमर राख्न सहयोग पुग्ने भनाइ राख्नुभयो ।

कार्यक्रममा बोल्दै ग्रामीण महिला उत्थान केन्द्रका श्री हित बहादुर थापाले स्व.सुनिता चौधरी अति परिश्रमी, मिहेनती र मिजासिलो स्वाभावको भएको कारणले जति व्याख्या गरेपनि नपुग्ने बताउनुभयो ।
फाउण्डेसनका अध्यक्ष श्री आसमानी चौधरीले स्व.सुनिता चौधरीलाई स्मरण गर्दै असाहय, बिपन्न, सीमान्तकृत तथा अभिभावक बिहिन बालबालिकाको शैक्षिक स्तरमा सुधार ल्याउन छात्रबृति बितरण कार्यक्रमको आयोजना गरेकोे बताउनुभयो । फाउण्डेसनद्धारा संचालनमा रहेका कार्यक्रम मार्फत महिला, बालबालिका र युवाहरुलाई शिक्षा, स्वास्थ्य र उद्यम बिकास सम्बन्धि सचेतना फैलाउन महत्वपुर्ण भुमिका खेलेको बताउदै सहयोग गर्ने सबैलाई हार्दिक आभार ब्यक्त गर्नुभएको थियो ।


श्री सरस्वती माध्यामिक बिद्यालय काठेकोहलका शिक्षक श्री प्रकाश डाँगीले कापि, कलम, झोला र बिद्यालय पोशाक किन्ने पैसा नँहुदा कतिपय बालबालिकाले पढाई छोडनुपर्ने अवस्था आई धेरै बालबालिकाको भबिष्य अन्धकार बन्न पुगेको भनाई राख्दै यी बिपन्न परिवारका बालबालिकालाई संस्थाद्धारा प्रदान गरिएको छात्रबृति सेवा अति नै सराहनिय रहेको बताउनुभयो । यी परोपकारी कामले स्व.सुनिता चौधरीलाई अमर बनाउनेछ भन्दै छात्रबृति कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिनुभयो ।


त्यसैगरि कार्यक्रममा रेडियो मध्यपश्चिमका संपादक श्री छबि पुरीले छात्रबृति सहयोगले बिपन्न परिवारका बालबालिकाको भबिष्यमा सकारात्मक सुधार पुगेको बताँउदै हरेक बस्तीमा पुगेर बालबालिकाको भबिष्य निर्माणको लागि सयोग गर्न सुझाव दिदै फाउण्डेसनको सफलताको चुलि चुलिदै जाओस भन्दै शुभकामना मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रममा श्री माध्यामिक बिद्यालय रझेनाका शिक्षक श्री मदन खनाल, मा.बि.झिंगनीका शिक्षक श्री कृष्णा पौडेल, प्राबि पलाँसेका प्रधानध्यापक श्री चाम बहादुर बि.क., ग्रामीण महिला उत्थान केन्द्रका फोकल पर्सन श्री भिमकान्त चौधरी, आत्मनिर्भर लघुवित्त बित्तिय संस्थाका सुशिला गिरी र शिबा चौधरीले शुभकामना मन्तब्य राख्नुभएको थियो ।


स्मृति दिवसको अवसरमा फाउण्डेसनका आजीबन सदस्य रमेश कुमार शर्मा, भुवनेश्वर पाण्डेय र पार्बति बस्नेतलाई प्रशंसा पत्र प्रदान गरिएको थियो साथै आजीबन सदस्य पार्बती बस्नेत र सुर्दशन चौधरीलाई आजीवन सदस्यता प्रमाण पत्र प्रदान गरिएको थियो । उचानिम्बु माध्यमिक विद्यालय सतबरियामा अध्ययनरत ४ जना छात्र र २ जना छात्रालाई झोला, कपी, कलम, इरेजर, कटर, ज्यामिती बक्स, क्यालकुलेटर र पोशाक (सर्ट, पाइन्ट र सुइटर) समेत प्रदान गरिएको थियो ।


घोराही उपमहानगरपालिका १५ निवासी श्री पार्वती बस्नेतका स्वर्गिय पति प्रमोद बर्माको नामबाट श्री सरस्वती माध्यमिक विद्यालय कक्षा १० अध्ययनरत स्मृती चौधरी र माध्यमिक विद्यालय रावतगाँउ कक्षा ६ मा अध्ययनरत दुर्गे वि.क.लाई पनि छात्रबृत्ति प्रदान गरिएको थियो ।
कार्यक्रममा ७९ जनाको सहभागिता रहेको उक्त कार्यक्रमको स्वागत मन्तव्य श्री मिरा चौधरीले गर्नु भएको थियो भने सहजीकरण पार्बती बस्नेतले गर्नु भएको थियो ।

Please follow & like us :)


© Sunita Trust Foundation. All Rights Reserved.
Total Website Visitors : 7230