• TELEPHONE 82-560837
  • EMAIL ADDRESS sunitatrust2@gmail.com
  • ADDRESS Ghorahi, Dang

ब्यवसाय तर्फ आकर्षित हुदै थ्रिजिरो क्लबका सदस्यहरु

Please follow & like us :)

March 1, 2023: Dang Ghorahi 15: घोराही उपमहानगपालिका १६ सानी अम्बापुर स्थित गरिबि निबारण थ्रिजिरो क्लबका सदस्यहरु ब्यवसायी  तर्फ आकर्षित हुन थालेका छन ।

ग्रामीण महिला उत्थान केन्द्रको सहयोग तथा सुनिता ट्रष्ट फाउण्डेसनको आयोजनामा उद्यमशिलता र नेतृत्व बिकासमा पे्ररित गर्ने उद्धेश्यले घोराही उपमहानगरपालिकाको बिभिन्न वडामा थ्रिजिरो क्लब गठन गरिएको छ ।

१२ देखि ३५ बर्ष उमेर समुहका युवाहरुको सहभागीता रहेको उक्त क्लवका सदस्यहरुले पढाइ संगसंगै केहि गर्नु पर्छ भन्ने सोचका साथ स साना ब्यवसाय शुरु गरेका छन । ग्रामीण महिला उत्थान केन्द्रबाट च्याउ खेती तालिम पाए पछि क्लबका सदस्यहरु घर घरमा च्याउ उत्पादन गर्न थालेका छन ।

क्लबका अध्यक्ष स्मृति चौधरीका अनुसार बालबालिकाहरु बिद्यालयबाट फर्केपछि मोबाइल चलाएर बस्ने र साथीहरुसंग डुलेर बस्ने गर्दथे तर आजभोली सबै सदस्यहरु सामुहिक वा ब्यक्तिगत रुपमा केहि ब्यवसाय गर्नु पर्छ भन्ने उद्धेश्यले बिभिन्न ब्यवसायमा चासो दिन थालेका छन ।

बिहान बेलुका उत्पादन गरेको च्याउको रेखदेख गर्ने गर्दछन भने दिउसोमा बिद्यालय र कोहि सदस्यहरु अन्य काममा ब्यस्त हुन्छन । क्लबका केहि सदस्यहरु सामुहिक रुपमा च्याउन खेति गरेका छन भने केहिले ब्यक्तिगत रुपममा पनि च्याउ बनाएर उत्पदन लिन थालेका छन ।

क्लबका सदस्य दिपेश चौधरीले पनि ब्यक्तिगत रुपमा च्याउ उत्पादन गरेका छन भने सामुहिक रुपमा उत्पादन गरेको च्याउ दमाधम ब्रिक्रि भैरहेको बताउछन । सदस्यहरुले च्याउ बिक्रि गरेर आएको रकम बाट घरमा आवश्यक पर्ने नून, तेल किन्नमा सहयोग हुने जानकारी दिए क्लबका सदस्य बेचन चौधरी  ।

त्यसैगरि अर्का सदस्य अरुण चौधरी पनि बंगुर पालन गर्न शुरु गरेका छन । ३ वटा बंगुरको पाठाबाट शुरु गरेका अरुण भन्छन उत्पादन राम्रो भयो भने ब्यवसायीक रुपमा बंगुर पालन गर्नेछु । कक्षा ८ सम्मको पढाइ छोडेर बसेका अरुण दिन भरि साथीभाईसंग समय बिताउने गर्दथे तर आजभोली आफनै ब्यबसायमा समय बित्ने गरेको बताउछन । ब्यवसाय गर्दा आयआर्जनमा बृद्धि हुने र आफनै काममा ब्यस्त हुदा दिमागमा खेल्ने नकारात्मक सोचबाट मुक्त हुन सकिने अनुभव सुनाए ।

त्यसै गरि सदस्य स्नेहा चौधरी पनि एउटा कुखुरा बाट धेरै बनाइ कुखुरा पालन गर्ने सोच बनाएकी छिन । घरमै रहेका कुखुराको बच्चा मध्ये एउटा कुखुरा आफनो नाममा छुट्टाइ पाल्न शुरु गरिसकेकी  स्नेहा भन्छिन  एउटा बाट क्रमश ः २,३,४ वटा बनाई बिक्रि गर्नेछु र बिक्रि गरेर आएको रकमले आफुलाई चाहिने कापी र पेन्सिील किन्न प्रयोग गर्नेर्छु ।

बालबालिकाहरुले शुरुवात गरेको साना साना ब्यवसायबाट उनिहरुको अभिभावक पनि खुशि भएका छन । छोराछोरीले गरेका ब्यवसायहरु दिउसोमा आफुले रेखदेख गरिदिने गरेको र बिद्यालयबाट फर्केपछि चल्ला र वंगुरहरु लाई आफै दाना दिने गरेको बताइन श्रवण चौधरीका आमा  सुन्तली चौधरी ।

थोरै लगानी र घरमै रहेको स्रोत र साधनको प्रयोग गरि च्याउ उत्पादन गर्न सकिने  भएकोले च्याउ खेतीबाट राम्रो आम्दानी लिन सकिने सदस्यका अभिभावकहरु बताउछन । बजारबाट खरिद गरेर खानु भन्दा आफनै गाँउघरमामा उत्पादन भएको च्याउ शुद्ध र सफा हुने भएकोले उत्पादन भएको च्याउ बिक्रि गर्न लाई समस्या नभएको सदस्यहरु बताउछन ।

त्यसैगरि घोराही ४ सुनपुर स्थित बेरोजगार न्युनिकरण थ्रिजिरो क्लबका सदस्यहरु पनि ब्यवसय तर्फ आर्कषित हुन थालेका छन । क्लबको मासिक बैठकमा कुनै सानो ब्यवसायबारे छलफल गर्ने गर्दछन र योजना अनुसार ब्यबसाय संचालन प्रकृया अगाडी बढाउछन । क्लबका अध्यक्ष बाबुराम चौधरी माहुरी पालन ब्यवसायमा ब्यस्त छन ।

बाबुरामको बुवा हिमलाल चौधरीले शुरुवात गरेको माहुरी पालन ब्यवसायलाई अझ ब्यबस्थित बनाई बढि भन्दा बढि उत्पादन लिने उद्धेश्यले बाबुराम जिम्मेवारका साथ क्रियाशिल भएर माहुरी पालन ब्यबसाय संचालन गर्दै आएका छन । क्लबका अर्का सदस्य बिशाल खनाल पनि पढाइ छोडेर बिदेश जाने योजना बनाएका छन तर क्लबका सदस्यहरुले गाँउमै ब्यबसाय गरेर उत्पादन लिन थालेपछि बिशाल पनि लोकल कुखुरा पालन शुरु गरेका छन ।

उनि भन्छन ‘कुखुरा पालन बाट राम्रो आम्दानी भयो भने बिदेश जाने प्रकिया स्थगित गर्छु ’ । शुरुमा थोरै कुखुराबाट शुरुवात गरेका बिशालको भबिश्यमा ब्यवसायिक रुपमा कुखुरा पालन गर्ने चाहाना देखिन्छ ।

सदस्यहरुको यो सक्रियताले युवाहरु स्वरोजगार बन्ने प्रयास देखिन्छ भने क्षमता बिकासमा पनि बृद्धि भइरहेको देखिन्छ । युवाहरुको यो सक्यिताले गरिबि न्युनिकरण र रोजगारीका अवसर सिर्जन गर्नमा महत्वपुर्ण भुमिका निर्बाह गरेको भन्न सकिन्छ  ।

The members of the Poverty Alleviation Three Zero Club located at 16 Sani Ambapur, Ghorahi Sub-Metropolitan City, have started to be attracted towards entrepreneurship. With the support of Grameen Mahila Utthan Kendra (Rural Women Development Center-RWDC) and Sunita Trust Foundation, three zero clubs have been formed in different wards of Ghorahi sub-metropolitan city with the aim of encouraging entrepreneurship and leadership development.

The members of the club, which has the participation of young people in the age group of 12 to 35 years, have started small businesses with the idea that they should do something along with their studies. After receiving training in mushroom cultivation from RWDC, the members of the club have started producing mushrooms at home.

Please follow & like us :)


© Sunita Trust Foundation. All Rights Reserved.
Total Website Visitors : 5336