• TELEPHONE 82-560837
  • EMAIL ADDRESS sunitatrust2@gmail.com
  • ADDRESS Ghorahi, Dang

सुनिता चौधरीको १२औ स्मृति दिबश

Please follow & like us :)

Jan 21, 2026

सुनिता चौधरीको १२औ स्मृति दिबश का अवसरमा सुनिता ट्रष्ट फाउण्डेसन द्धारा मिति २०८२ साल मंसीर २९ गतेका दिन ३८ जना बालबालिकाहरुलाई छात्रबृत्ति बितरण गरिएको थियो ।
सुनिता ट्रष्ट फाउण्डेसनका अध्यक्ष आसमानी चौधरीको अध्यक्षता र ग्रामीण महिला उत्थान केन्द्रका संस्थापक सल्लाहाकार सोगतबीर चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छात्रबृत्ति बितरण कार्यक्रममा दागं जिल्लाका ८वटा बिद्यालयका एल.के.जी.देखी ब्याचलर सम्म अध्ययनरत बिद्यार्थीहरुलाई छात्रबृत्ति बितरण गरिएको थियो ।

मिरा चौधरीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रममा प्रमुख अतिथि सोगतबीर चौधरीले मृत्यु शाश्वात धु्रबसत्य भएतापनि मानिसले गरेका कर्महरुले उस्लाई जिबित राख्ने बताउदै स्वर्गिय सुनिता चौधरीको समाज रुपान्तरण र परिवर्तनका लागि गरिएका कामहरु अत्यन्त सराहनिय रहेको स्मरण सहित उहाँको अभाव सदैब सबैले महशुस गरेको भनाई राख्नुभएको थियो ।

स्वः सुनिताले ग्रामीण महिला उत्थान केन्द्रको शुरुवाती अवस्थामा पुर्याएको योगदान साथ र सहयोग शब्दमा ब्याख्या गर्नै नसकिने भन्दै उहाँले समाज रुपान्तरणका लागि देख्नुभएको सपनाहरु सुनिता ट्रष्ट फाउण्डेसन मार्फत पुरा गर्दै जाने भनाई राख्नुभएको थियो ।
कार्यक्रममा अध्यक्ष आसमानी चौधरीले बर्षदिन सम्म सबैजना आफनो काममा ब्यस्त हुने भएतापनि बर्षको १ दिन स्वर्गिय सुनितालाई स्मरण गर्दै उहाँको स्मतिमा उहाँलाई खुशी हुने केहि न केहि काम गर्दै आएकोमा यो कामले सुनितालाई जिवन्त बनाउनका लागि कर्म गरेको भनाई राख्नुभएको थियो ।

स्वर्गीय सुनिताप्रति हार्दिक श्रद्धा सुमन ब्यक्त गर्दै अध्यक्ष चौधरीले समाजमा राम्रो काम गर्ने, आँखामा राखेपनि नबिझाउने मान्छेहरु सदा सबैको प्यारो हुने रहेछन् भन्दै स्वर्गीय सुनिता पनि भगवानको प्यारो भएको भन्दै उहाँको कमी सदैब महशुस हुने र उहाँले गरेको अतुलनिय योगदानको कदर हुने भनाई राख्नुभएको थियो ।

स्वर्गीय सुनिताको उपहारस्वरुप १ छोरा भएजस्तै यस फाउण्डेसन बाट अभिभावकबिहिन, सिमान्तकृत, बिपन्न, समुदायका बालबालिकाहरुलाई शिक्षामा सहयोग गर्ने हेतुले फाउण्डेसन बाट बिभिन्न किसिमका कार्यहरु संञ्चालन भईरहेको भनाई भनाई राख्नुभएको थियो। कार्यक्रममा फाउण्डेसनका संञ्चालक समिति पदाधिकारी रजनी श्रेष्ठ, नेप बहादुुर चौधरी, जिपसरा घर्ती, जुगराम चौधरी, एच.बि. थापा लगायतले आफनो भनाई राख्नुभएको थियो ।

दागं जिल्लाका पद्मोदय पब्लीक नमुना उच्च माध्यामिक बिद्यालय, माध्यामिक बिद्यालय रझेना, सरस्वती माध्यामिक बिद्यालय काठेकोल, माबि जयशेर बिद्यालय, दागं भ्याली कलेज, हिन्दु बिद्यापिठ बिद्यालय, बिद्यानिलकण्ठ बोर्डिगं स्कुल र मेरिल्याण्ड पब्लीक एकेडमीमा अध्ययनरत बिपन्न, जेहेन्दार, अल्पसंख्यक समुदायका बालबालिकाहरुलाई छात्रबृत्ति बितरण गरिएको थियो । सो कार्यक्रमको सहजीकरण पार्वती बस्नेतले गर्नुभएको थियो ।

Please follow & like us :)


© Sunita Trust Foundation. All Rights Reserved.
Total Website Visitors : 137