• TELEPHONE 82-560837
  • EMAIL ADDRESS sunitatrust2@gmail.com
  • ADDRESS Ghorahi, Dang

ब्यवसाय तर्फ आकर्षित हुदै स्मृति चौधरी

Please follow & like us :)

 August 20, 2023: Dang Ghorahi: घोराही उपमहानगपालिका १६ स्यानी अम्बापुर निवासी स्मृति चौधरी अहिले १६ बर्षको भइन । बुवा बुधराम चौधरी र आमा स्यानी चौधरीको जेठी छोरी हुन । उनको परिवारमा आमा, बुवा २ भाई र १ बहिनी छन । स्मृति माबि काठेकोहल कक्षा १० मा अध्ययनरत छिन । घोराही १६ मुक्त कमैया शिबिरमा बस्दै आएका स्मृतिको बुवा ट्रेक्टर चलाउने पेशा गर्नुहुन्छ भने आमा ज्यालामजदुरी र घरकै काम गरेर बस्नुहुन्छ ।

स्मृति चौधरी सुनिता ट्रष्ट फाउण्डेशनद्धारा गठन गरिएको थ्रि जिरो क्लबको अध्यक्ष हुन । शुन्य गरिबी , शुन्य बेरोजकारी र शुन्य कार्बन उत्सर्जन गर्नेे उद्धेश्यले गठन भएको उक्त क्लबको नेतृत्व गर्नुको साथै क्लबमा आबद्ध रहेका साथीहरुलाई पढाई संगसंगै सीप बिकास तथा उद्यम ब्यवसाय गर्नेबारे उत्पे्ररित गर्नेगर्दछिन ।

क्लबमा आबद्ध भईसकेपछि पढाइ संगसंगै उद्यम ब्यवसाय गरि घरको आर्थिक समस्यमा टेवा पुरयाउन छोराछोरीको पनि भूमिका हुनुपर्छु भन्ने सिकाई भएको बताउदै आफूलाई चाहिने शैक्षिक सामाग्री खरिद गर्न कुखुरा पाल्न शुरु गरेको बताइन । गत बर्षको फागुन महिनामा कुखुरा पाल्न शुरु गरेको पहिलो पटकमा ७ वटा बच्चा जन्मायो । एउटा बाट धेरै बनाउने उद्धेश्यले चल्ला पालेको तर उचित स्याहार नपाउदा सबै बच्चा मरेको बताइन । आफनै लापरबाहिले पहिलेको बच्चा मरेको भएतापनि यसपटक फेरि ५ वटा बच्चा जन्माएकोछ , यसपालि चल्लाको राम्रोसंग स्याहार गर्नेछु उनले भनिन ।

कुखुरा पाल्नमा छोराछोरीको रहर र मेहनत देखेर स्मृतिको आमाबुवाले बाख्रा पाल्ने सल्लाह गर्नुभयो । बाख्राबाट केहि आम्दानी भएमा छोराछोरीको पढाई खर्चमा सहयोग हुने र छोराछोरी पनि काममा ब्यस्त हुने बताउदै रु.१८ हजारमा ३ वटा बाख्रा खरिद गरिे एउटा बाख्रा स्मृतिको नामबाट पाल्ने सल्लाह भएको बताइन ।

पढाई बाहेक बाख्रा संगै दिन बिताउन रमाइलो लाग्ने बताउदै क्लबका अन्य साथीहरुलाई पनि बाख्रा, बंगुर या कुखुरा पाल्न सल्लाह दिन्छन । बिद्यालयबाट फर्केपछि बाख्रालाई घासँ,दाना र खोर सरसफाईमा ब्यस्त हुन्छिन भने बाँकी समय पढाइमा बिताउने गर्दछिन । “मैले पालेको देखेपछि अन्य साथीहरु पनि ब्यवसाय गर्न सिक्नेछन र ब्यवसाय गरेर परिवार लाई केहि सहयोग गर्नेछन” स्मृतिले भनिन ।

घरमा बाख्रा पाल्न शुरु गरेपछि बिद्यालय समय बाहेक बिहान बेलुका भाई बहिनीले पनि बाख्रालाई घाँस तथा दाना खुवाउनमा सहयोग गर्दै आएको बताइन । छोराछोरीले शुरुवात गरेको साना साना ब्यवसायबाट स्मृतिको अभिभावक पनि खुशि छन । छोराछोरीले गरेका ब्यवसायहरु दिउँसोमा आफूले रेखदेख गरिदिने गरेको र बिद्यालयबाट फर्केपछि चल्ला र बाख्राहरु लाई आफै दाना दिने गरेको स्मृतिको आमा स्यानी चौधरीले बताउनुभयो । ब्यवसाय गर्दा आयआर्जनमा बृद्धि हुने र छोराछोरी काममा ब्यस्त हुदा उनीहरुमा सकारात्मक सोचको बिकास हुने बुवा बुधराम चौधरीले बताउनुभयो ।

Please follow & like us :)


© Sunita Trust Foundation. All Rights Reserved.
Total Website Visitors : 9227